पर्यटकको पर्खाइमा बाँके राष्ट्रिय निकुञ्ज – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

पर्यटकको पर्खाइमा बाँके राष्ट्रिय निकुञ्ज

नयाँ विकल्प,

राँझा- पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा रहेको छ।

२०६७ असार २८ गते स्थापना भएको उक्त निकुञ्जमा पछिल्लो समय पर्यटकको आगमनमा कमी आएको छ। निकुञ्जले पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम गरिरहेको प्रमुख संरक्षण अधिकृत श्याम साह बताए।

निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक पर्ने सबै संरचना तयार गरिएको छ।

निकुञ्ज घुम्नका लागि पैदल मार्ग, हात्ती सफारी, बास बस्न घरबास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतको व्यवस्था छ। निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुरमा तारे होटल तथा निकुञ्ज छेउछाउ होमस्टे सञ्चालन गरिएको छ। कोभिड–१९ का कारण पर्यटन लक्षित कार्यक्रम प्रभावित भएको उनको भनाइ छ।

निकुञ्जको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७७/७८ सम्म आठ सय ९९ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्। तीमध्ये आठ सय ६५ आन्तरिक पर्यटक रहेका छन्। २० जना सार्क मुलुकका तथा १४ पर्यटक अन्य मुलुकका रहेका छन्।

बाँके, दाङ र सल्यानसम्म फैलिएको उक्त निकुञ्ज स्थापना हुँदा चार पाटेबाघ रहेकामा हाल उक्त संख्या बढेर २१ पुगेको छ। सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार हाल यहाँ पर्यापर्यटनसम्बन्धी गतिविधि भइरहेका छन्।

हात्ती सफारी र जिप सफारी निकुञ्जमा निकै लोकप्रिय छ।

सँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बर्सेनि बढ्दै गए पनि बाँकेमा भने सुनसान अवस्था भएको पर्यटन प्रवर्द्धन मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए। बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन आफूहरू लागिपरेको उनको भनाइ छ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र २७, ०९: ३९

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ भाद्र २७, ०९: ३९

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ भाद्र २७, ०९: ३९

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...