
काठमाडौं । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०७८-०७९ को लागि अध्यादेशमार्फत गत जेठ १५ गते ल्याएको बजेटलाई बर्तमान सरकारले प्रतिष्थापन गरी ल्याएको बजेटप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्वागत गरेको छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट मार्फत एसेम्बलगरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र उद्योगबाट उत्पादित सवारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्थाको स्वागत गरेका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै दुलालले सरकारको यस्तो निर्णय नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग स्थापना गर्ने उदेश्य प्राप्तिको लागि कोशेढुङ्गा सावित हुने जनाएका छन् ।
‘त्यस्ता सवारी साधनहर उत्पादन गर्ने एसेम्बलिङ्ग उद्योग सञ्चालन गर्नका लागि त्यससंग सम्बन्धित ऐन र नीति नियमहरुको स्थिरता पनि त्यतिकै महत्वपूर्ण हुने सन्दर्भमा सरकार परिवर्तन हुदैमा त्यस्ता उद्यागहरुलाई कुनै असर पर्न हुंदैन भन्ने कुरामा नाडा विश्वास गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
नाडाले झण्डै एक दशक अघिदेखि नै आफना बजेट सम्बन्धी सुझावहरुमार्फत निरन्तर रुपमा सरकारलाई नेपालमा सवारी साधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दे आएकोमा सो माग पुरा गरेको भन्खै दुलालले स्वागत गरेका हुन् ।
कोरोना महामारीको समयमा सार्वजनिक प्रयोजनका सवारी साधनहरु प्राय प्रयोग नहुने सन्दर्भमा मोटरसाइकल जस्ता नीजि सवारी साधनहरुले विरामी लगायत आवश्यक उपभोग्य बस्तुहरु समेतको ओसार पसार गर्नु पर्ने अवस्थामा मोटरसाइकलको प्रयोगमा अत्यधिक बृद्धि भएको र सरकारले यसलाई अझै थप प्रोत्साहन गर्नु पर्ने देखिएको दुलालले बताएका छन् ।
उनले हालको बजेटले मोटरसाइकलको सेगमेण्टमा परिवर्तन गर्दे सडक निर्माण दस्तुर र अन्तःशुल्क महशुल दुवैमा बृद्धि समेत गरेको र मोटरसाइकलको सेगमेण्टमा भईरहने परिवर्तनले मोटरसाइकल प्रयोगकर्तालाई थप आर्थिक भार मात्र पर्ने नभई अलमलमा समेत पर्ने देखिएकोले सरकारले गत बर्ष कायम गरेको सेगमेण्टलाई नै निरन्तरता दिने व्यवस्थाका लागि सरकारसँग माग गरेका छन्।
काठमाडौँ । काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...
काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...
काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...