ललितपुर । नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमृन्ट बैंकबीच सेवाग्राहीलाई विशेष छुट दिने सम्झौता भएको छ । बुधबार ललितपुरमा गरिएको हस्ताक्षर कार्यक्रममा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले सम्झौता पत्रमा हस्ताक्षर गरे भने प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र नायव महाप्रबन्धक बिजेन्द« सुवालले हस्ताक्षर गरेसंगै इन्भेष्टमेन्ट बैंकका कर्मचारी र सेवाग्राहीले विशेष छुट पाउने भएका हुन् ।
सम्झौता कार्यान्वयनमा आएसंगै बैकका विभिन्न सामाजिक उत्तर दायित्व कार्यक्रममा अस्पतालको सहभागिता रहने र अस्पतालका विभिन्न योजनामा बैकले साथ दिने भएको छ । खासगरी, बैंकका कार्ड उपभोक्ताले उपचारमा सहुलियत प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले मुलुकको बैंकिङ्ग क्षेत्रमा सशक्त भूमिका खेल्दै आएको नेपाल इन्भेष्टमेन्ट बैंकसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । त्यस्तै, बैंकका नायव महाप्रबन्धकले सर्वसुलभ स्वास्थ्योपचार गराउँदै आएको नेपाल मेडिसिटीसंग सहकार्य गर्न उत्साहित रहेको प्रतिक्रिया दिएका थिए ।
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...