ललितपुर । नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमृन्ट बैंकबीच सेवाग्राहीलाई विशेष छुट दिने सम्झौता भएको छ । बुधबार ललितपुरमा गरिएको हस्ताक्षर कार्यक्रममा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले सम्झौता पत्रमा हस्ताक्षर गरे भने प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र नायव महाप्रबन्धक बिजेन्द« सुवालले हस्ताक्षर गरेसंगै इन्भेष्टमेन्ट बैंकका कर्मचारी र सेवाग्राहीले विशेष छुट पाउने भएका हुन् ।
सम्झौता कार्यान्वयनमा आएसंगै बैकका विभिन्न सामाजिक उत्तर दायित्व कार्यक्रममा अस्पतालको सहभागिता रहने र अस्पतालका विभिन्न योजनामा बैकले साथ दिने भएको छ । खासगरी, बैंकका कार्ड उपभोक्ताले उपचारमा सहुलियत प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले मुलुकको बैंकिङ्ग क्षेत्रमा सशक्त भूमिका खेल्दै आएको नेपाल इन्भेष्टमेन्ट बैंकसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । त्यस्तै, बैंकका नायव महाप्रबन्धकले सर्वसुलभ स्वास्थ्योपचार गराउँदै आएको नेपाल मेडिसिटीसंग सहकार्य गर्न उत्साहित रहेको प्रतिक्रिया दिएका थिए ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...