काठमाडौं । प्रभु ग्रुपले नेपालमा ‘वालेट अब मोबाइलमा’ भन्ने नारासहित ‘प्रभु पे’ नामक डिजिटल वालेट शुरु गरेको छ । बिहीबार प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले यसको प्रयोग गरी शुरुवात गर्नुभयो ।
प्रभु पेलाई आफ्नो मोबाइलमा डाउनलोड गरेपछि पैसासंग सम्बन्धित सम्पूर्ण कार्यजस्तै कुनै पनि बैंक अथवा वित्तीय संस्थाको खाता बाट पैसा ट्रान्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टिभी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्ने लगायतका काम गर्न सहज हुनेछ ।
यसबाट अनलाइन मात्र नभई युनियन पे र क्यु कोर्ड स्क्यानमार्फत पनि पैसा तिर्न सकिन्छ । यसैगरी प्रभु पे ले नियमित ग्राहकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा पनि दिएको छ भने अरुलाई रिफर गरे बापत प्रत्येक रिफरमा ३० रुपैयाँ बराबरको ब्यालेन्स दिनेछ ।
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...