कृषि प्रधान देशमा वस्तु आयात चार खर्ब नाघ्यो, निर्यातको गति ओरालो – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

कृषि प्रधान देशमा वस्तु आयात चार खर्ब नाघ्यो, निर्यातको गति ओरालो

काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आर्थिक वर्षको तीन महिनामा चार खर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको देखाएको छ । तर निर्यात भने ओरालो लागेको छ ।

६५ अर्ब रुपैयाँबराबरको मात्र निर्यात भएको तथ्याङ्कमा उल्यख छ । साउनदेखि असोजसम्म आयात ६३.७३ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख रुपैयाँको भएको छ ।

यो अघिल्लो वर्षको तुलनामा दोब्बरले बढेको छ । अघिल्लो वर्ष २ खर्ब ९२ अर्ब २६ करोड ९८ लाख रुपैयाँको मात्रै आयात भएको थियो । यो तीन महिनाको अवधिमा निर्यात १०९ प्रतिशतले बढेर ६५ अर्ब ५२ करोड ८३ लाख रुपैयाँको भएको तथ्यांक छ ।

के के भयो आयात ?

डिजेल
सबैभन्दा बढी डिजेल आयात भएको छ । ३ लाख ३२ हजार किलोलिटर डिजेल अर्थात २३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँको बराबरको आयात भएको छ ।

भटमासको तेल
कृर्षिमा आत्मनिर्भर मानिएको नेपालमा कच्चा भटमासको तेल २० अर्ब ६० करोड ६० लाख रुपैयाँ बराबरको १३ करोड २७ लाख ९९ हजार लिटर आयात भएको छ । पहिलो त्रैमासमा १७ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बराबरको मोबाइल फोन, १३ अर्ब ४ करोड ५३ लाख रुपैयाँ बराबरको कच्चा १२ पाम आयल आयात भएको विभागले जनाएको छ ।

पेट्रोल
यस्तै १२ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ बराबरको पेट्रोल, १२ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ बराबरको आइरन स्टील, १२ अर्ब १८ करोड १० लाख रुपैयाँ बराबरको एलपीजी ग्यास आयात भएको छ । ११ अर्ब ७ करोड बराबरको सुन र १० अर्ब १७ करोड १४ लाख रुपैयाँ बराबरको चाँदी आयात भएको भन्सार विभागले जनाएको छ ।

पहिलो तीन महिनामा करिब साढे ५ खर्ब मूल्य बराबरको वैदेशिक व्यापार भएको छ । साउनदेखि असोज मसान्तसम्ममा नेपालले ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ, जुन हालसम्मकै उच्च हो । आयातको अनुपातमा निर्यात नहुँदा तीन महिनाको अवधिमै ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । सो अवधिमा भएको व्यापारघाटा हालसम्मकै उच्च हो ।

सम्बन्धित समाचार

‘नेपालकै आम्दानीले देश बनाउने गरी बजेट ल्याएका छौँ’ : अर्थमन्त्री वाग्ले
‘नेपालकै आम्दानीले देश बनाउने गरी बजेट ल्याएका छौँ’ : अर्थमन्त्री वाग्ले
  • २०७८ कार्तिक ९, ०९: १५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देश विकास गर्ने लक्ष्यसहित सरकारले नयाँ बजेट ल्याएको बताएका छन् ।...

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
  • २०७८ कार्तिक ९, ०९: १५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन
कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन
  • २०७८ कार्तिक ९, ०९: १५

काठमाडौं : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोलपम्प, पेट्रोल...