स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नगद रहित अन्तरंग सेवा स्वास्थ्य बीमा योजना अगाडि ल्याएको छ ।
उक्त सेवालाई प्रदेशिक तहमा समेत विस्तार गर्ने उदेश्य सहित यस आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्सा विच आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म नेशनल मेडिकल कलेज वीरगंज, पर्साबाट नगद रहित अन्तरंग सेवा प्राप्त हुनेछ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्साका तर्फबाट निर्देशक अबीद हसन अन्सारीले हस्ताक्षर गरेका थिए ।
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...