काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युट र पंजाव नेशनल बैंकिङ इन्ष्टिच्युट अफ इन्फर्मेसनबीच सूचना प्रविधि सम्वन्धी तालिमका लागि सम्झौंता भएको छ । संझौतापत्रमा पंजाव नेशनल बैंकका निर्देशक दिभ्याङ रस्तोगी र एनबिआईका प्रमुख कार्यकारी निर्देशक संजिव सुब्बाले हस्ताक्षर गरेका हुन् । पंजाव नेशनलले भारतमा बैंकिङ सम्बन्धि सुचना तथा प्रविधि अन्तर्गतका विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ । सम्झौतामा एनबिआईले नेपाली बैंकिङ क्षेत्रलाई आवश्यक हुने बैंकिङ प्रविधि, साइवर सेक्युरिटी, स्याचुरेसन तथा अन्य तालिमहरु उपलव्ध गराउने विषय बताइएको छ । तालिमले बैंकहरुको सूचना तथा प्रविधि विभागमा कार्यरत कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने एनबिआईले विश्वास लिएको छ ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...