फाँक्सबैंगनको नयाँ पोलो १.० बजारमा – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

फाँक्सबैंगनको नयाँ पोलो १.० बजारमा

काठमाडौं । पूजा इन्टरनेशनल नेपाल प्राइभेट लिमिटेडले फाँक्सबैगनकोे नयाँ मोडलको गाडी पोलो १.० नेपाली बजारमा ल्याएको छ । कम्पनीले काठमाडौंको थापाथलीमा पत्रकार सम्मेलन आयोजना गरी नयाँ गाडी नेपाली बजारमा ल्याएको जानकारी गराएको हो । ९९९ सीसी र ७६ एजपी इन्जिन क्षमता रहेको सो गाडी इन्धन बचतमा किफायति भएको दाबी कम्पनीले गरेको छ ।

यसअघि नेपाली बजारमा फल्क्सवागन पोलो गाडी १६०० र १२०० सीसीमा आएका थिए । आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा व्यवस्था भएअनुसार १००० सीसीभन्दा माथिका गाडीमा कर बृद्धि गरिएको भए पनि उक्त नयाँ मोडलको गाडी खरिदले उपभोक्तालाई कर बृद्धिले कुनै असर नपर्ने कम्पनीले जनाएको छ ।

गाडीको बजार मूल्य २६ लाख ९५ हजार रहेको कम्पनीले जनाएको छ । नेपालीहरु घरदैलोमै आइपुग्न लागेको महान पर्व वडा दशैको अवसर पारेर गाडीमा मूल्यमा विशेष छुटको व्यवस्था गरिएको छ । जस्तै गाडीमा एन्टिलक ब्रेकिङ सिस्टम, एयर एयर ब्याग, गाल्भनाइज्ड बडी, पावर बिन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टर सहितको एयर कन्डिसन, पावर स्टरिङ आदि समावेश गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सन् २०११ मा नेपाली बजारमा ल्याएको पोलो १.६ ह्याचब्याक गाडी अत्याधिक सफल र दोस्रो बजारमा पनि सबैभन्दा बढी मूल्य पाउने गाडी रहेको कम्पनीले जनाएको छ । पोलो १.० ले पनि ग्राहकबाट त्यतिकै माया पाउने आशा कम्पनीले लिएको छ । फाँक्सबैंगन पोलो नियमित मर्मतमा लाग्ने खर्चको हिसाबमा सबैभन्दा कम खर्चिलो रहेको स्वतन्त्र सर्भे गर्ने संस्था ईलम कन्सल्टेन्सीले कार्यक्रममा प्रष्ट पारेको थियो । कम्पनीले फाँक्सबैंगन पोलो गाडी अन्य ब्राण्डका सोही समूहका गाडी भन्दा ३० प्रतिशत कम खर्च पर्ने देखाइएको छ ।

अध्ययनअनुसार अन्य ब्रान्डका गाडीहरु ५ हजार किमीमा सर्भिसिङ गर्नुपर्ने भए पनि फाँक्सबैंगन पोलो गाडी १५ हजार किमीसम्म आनन्दले चलाउन सकिने छ । कार्यक्रममा पुजा इन्टरनेशनल प्रा.लि.का कार्यकारी कधिधृत विवेक बिजुक्छेले अन्तर्राष्ट्रिय गाढीको ब्यापारमा पछिल्ला दुई वर्षमा फाँक्सबैंगन अगाडि रहेको बताए ।

कम्पनीले सन् २०१७ मा मात्रै झन्डै डेढ करोडको हाराहारीमा बिक्री भएको बिजुक्छेले बताए । फाँक्सबैंगनको नेपालमा हाल ९ वटा सर्भिस स्टेशन रहेको छ । जसमध्ये ३ वटा काठमाडौंमा रहेको छ । बजारमा ल्याएको उक्त मोडलको गाडी लोकप्रिय दरको रुपमा स्थापित गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७५ आश्विन १, ०८: २२

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ आश्विन १, ०८: २२

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
  • २०७५ आश्विन १, ०८: २२

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...