काठमाडौं । आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्र्याएको छ । मंगलबार विहान सलाम एयरको पहिलो उडान अवतरण भएसँगै यसले अबदेखि काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ । यस एयरलाइन्सको जीएसए (जनरल सेल्स ऐजेन्ट) व्यवस्थापन आइएमई ग्रुपद्वारा प्रबद्र्धित आइएमई इन्टरनेशनल ट्राभल प्रा.लिले गर्नेछ ।
ओमानको पहिलो बजेट क्यारियरको रुपमा सन् २०१६ मा स्थापना भई ३० जनवरी २०१७ देखि आफ्नो व्यवसायिक यात्रा सुरु गरेको सलाम एयरलाइन्सले मस्कटलाई आफ्नो हबबनाई १७४ सिट क्षमता रहेको एयरबस ३२०÷२१४ द्धारा हालसम्म ढाका, बाकु, टिवलिस, दोहा, दुवई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दालगायत १३ वटा साथै सलाल र सुहार गरि २ वटा आन्तरिक क्षेत्रमा उडान भर्दै आएकोमा काठमाडौं थपगरि १६ वटा गन्तव्यमा आफ्नो हवाइ सेवा विस्तार गरेको छ ।
सलाम एयरले ओमान लगायत अन्य गन्तव्यहरुमा तुलनात्मक रुपमा सस्तो र सुलभ भाडादर कायम गरेको छ । यसबाट वैदेशिक रोजगारीका लागि मध्यपूर्व एसियाका राष्ट्रहरुमा जाने नेपालीहरुले प्रत्यक्ष लाभ प्राप्त गर्न सक्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने छ ।
निकट भविष्यमा अन्य विभिन्न आन्तरिक तथा वाह्य क्षेत्रमा उडान विस्तार गरि हवाई यात्रुहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै लाइट, फ्रेन्डली र फ्लेक्सी गरि ३ किसिमका हवाई भाडा निर्धारण गरेको छ । सलाम एयरले व्यवसायिक क्षमता अभिबृद्धि र यात्रु महानुभावहरुमा सेवाको भावनालाई मध्यनजर गर्दैे आफ्ना यात्रु तथा सेवाग्राही महानुभावहरुले कुनैपनि गन्तव्यमा एक वर्षभित्र १० पटक यात्रा गरेको बोर्डिङ्ग पास सम्बन्धित कार्यालयको टिकट काउन्टरमा बुझाएपछि एक टिकट निशुल्क प्राप्त गर्ने व्यवस्था मिलाएको छ । टिकट किन्दा १ वटा फ्रीदिने योजना लागु गरेको छ ।
आइएमई गु्रपद्धारा प्रर्वद्धित चन्द्रागिरि हिल्सले सलाम एयरलाइन्सको पहिलो उडानबाट नेपाल आउने यात्रुहरुलाई उपहार स्वरुप ५० प्रतिशत र तत्पश्चात सलाम एयरबाट यात्रा गर्नुहुने सम्पूर्ण यात्रुहरुलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
यो सेवा लिनका लागि सलाम एयरबाट यात्रा गर्ने यात्रु महानुभावहरुले सलाम एयरको बोर्डिङ्ग पास थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको टिकटका उन्टरमा देखाउनुपर्नेछ । साथै आइएमई ग्रुपका अन्य उत्पादन तथा सेवाहरुमा समेत विशेष ग्राह्यता दिने योजना लिइएको छ । यस एयरलाएन्सले नेपाल नागरिक उडड्यान प्राधिकरणले दिएको समय तालिकाअनुसार काठमाडौंका लागि विहान ८ः०० बजे अवतरण र ८ः४० मा उडान भर्नेछ ।
सलाम एयरको पहिलो उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अवसर पारेर आइएमई ग्रुपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पत्रकार भेटघाट कक्षमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
उक्त पत्रकार सम्मेलनमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सजीव गौतम, महाप्रवन्धक राजकुमार क्षेत्री, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख सुरक्षा अधिकृतक मलबहादुर जीटी, नाट्टाका अध्यक्ष सिएन पाण्डे, आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, सलाम एयरका प्रमुख कार्यकारी अधिकृत क्याप्टेन महम्मद अहमद, आइएमई ट्राभलका संचालक तथा निर्देशक अर्जुन पौडेल शर्मा र आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत रुद्र प्रसाद सापकोटा सलाम एयरका सेल्स प्रमुख मोहमम्द देसुकी एवम् सम्बन्धित निकायका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
उक्त पत्रकार सम्मेलनमा प्रतिक्रिया दिँदै नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक राजकुमार क्षेत्रीले सलाम एयरको हवाई सेवा शुरु भएपछि मध्यपूर्वी देशहरुबाट नेपालभ्रमणमा आउने विदेशी पर्यटक र वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहज आवागमन थपिने विश्वास व्यक्त गरे ।
सलाम एयरका प्रमुख कार्यकारी अधिकृत क्याप्टेन महम्मद अहमदले स्थापित ब्राण्ड आइएमईसँग सलाम एयरले व्यवसायीक सम्बन्ध स्थापित गर्न सफल भएकोमा प्रशन्नता ब्यक्त गरे । सोहि अवसरमा नेपालको समग्र पर्यटन प्रवद्र्धनका साथसाथै नेपाल सरकारद्धारा घोषित पर्यटन बर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमका लागि मध्यपूर्व लगायत विश्वका विभिन्न मुलुकमा प्रवेश गरेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई रेमिटेन्स सेवाका अतिरिक्त बजेट एयरलाइन्स मार्फत हवाई सेवा प्रदान गर्न पाउँदा आफुलाई खुशी लागेको विचार ब्यक्त गरे ।
यो सेवाको प्रारम्भसँगै मध्यपूर्वका धेरै देशमा आवतजावतका लागि नेपालको सिधा सम्पर्क स्थापित भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष समेत रहेका अध्यक्ष ढकालले ती देशबाट नेपाल भ्रमणमा आउने बाह्य पर्यटनलाई समेत सहज भएको विचार व्यक्त गरे । आइएमई ग्रुपका प्रवन्धनिर्देशक हेमराज ढकालले दिगो आर्थिक विकासको आधार पर्यटन भएको उल्लेख गर्दै आइएमई ग्रुपसँग जोडिएको सलाम एयरको सम्बन्धले नेपालको पर्यटन प्रवद्र्धनमा निकै ठूलो योगदान पु¥याउने विश्वास ब्यक्त गरे ।
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...