काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले चितवनको नारायणगढमा शाखा आफ्नो शाखा कार्यालय खोलेको छ । शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरिञ्जीबी चापागाइँले गरेका हुन् । कार्यक्रममा कम्पनीका संचालक खेमराज लामिछाने, निमित्त कार्यकारी प्रमुख सुबोधलाल श्रेष्ठ तथा बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थिति रहेको थियो ।
कम्पनीले चालु बर्षमा २० वटा शाखा खोल्ने लक्ष्य लिएको छ । कम्पनीले सबै प्रकारका निर्जीवन बीमा मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा र लघुबीमा सेवा उपलब्ध गराउने छ । उद्योगि व्यवसायीहरु, बैंकर्स तथा गैरआवासीय नेपालीहरुको लगानी रहेको कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आगामी आर्थिक बर्षभित्र कम्पनीले ३० करोड बराबरको शेयर सर्वसाधारणका लागि निष्काशन गरी चुक्ता पु्ँजी १ अर्ब पु¥याउने लक्ष्य लिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...