कोकाकोलाकोे नयाँ योजना बजारमा – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

कोकाकोलाकोे नयाँ योजना बजारमा

काठमाडौं । ‘सयौँ सम्बन्धको कयौँ भावना’ नामक शीर्षकमा कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ । .यो योजनाले मुख्यत १६ विभिन्न मानवीय भावनाहरुलाई समेटेको छ । जसमा माया, साथ, खुसी, रमाइलो, मित्रता, हौसला, श्रद्धा, मिलन, सहयोग, जमघट र हाँसो रहेका छन् ।

यो अभियानकोे मुख्य उद्देश्य हरेक व्यक्तिको जीवन र भावनालाई प्रभाव पार्ने रहेको छ । कोकको बोतलमा हुने लेबललाई यो दशैँको बेला मानवीय भावनासँग पारिवारिक सम्बन्ध अंकित गरिएको छ । यी सुनौला लेबलहरुले पर्वको झल्को दिने बिषयवस्तुलाई समेटेका छन् ।

कोकाकोलाका यी प्याकहरुले आफ्ना प्रियजनहरुमा उत्साह तथा भावनाहरु आदान–प्रदान गर्ने अबसर दिएका छन् । कोकाकोलाले साथीभाइ तथा परिवारलाई बर्षभरि र जुनसुकै उत्सबको समयमा विषेश रुपमा जोडिएर रहनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

आफ्ना साथी, परिवार तथा प्रियजनहरुसँग बाँड्दा कोकको स्वाद अझै बढाउने तथा तिनीहरुमा सम्बन्धलाई एकसाथ राख्न मद्दत गर्दछ । गतवर्ष कोकाकोलाले ‘शेयर अ कोक’ क्याम्पेनको नेपाली भर्सन मन खोल्लौ कोकसँग जुन सम्बन्धमा केन्द्रित रहेको थियो, जसको भाव परिवारका सदस्यहरुलाई नजिक र सँगै लिएर आउने रहेको थियो ।

यो वर्ष अझ एक कदम अगाडि बढेर कोकाकोलाले आफ्ना ग्राहकहरुलाई आफ्नो मन परेको व्यक्तिसँग भावना बाड्न प्रोत्साहन गर्नेछ । मानवीय भावनासँग केन्द्रित रहेर यसको ट्यागलाईनलाई सयौं सम्बन्धका कयौं भावना बनाइएको छ । यस क्याम्पेनको बारेमा बोल्दै कोकाकोलाका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भने, ‘नेपालभरिका कोकाकोलाका ग्राहकहरुलाई चाडपर्वको समयमा अझ बढी स्पेशल बनाउनको लागि कोकाकोलाले गतवर्ष मन खोलौ कोकसँग ल्याएको थियो ।

हामी सम्बन्धहरुलाई विषेश प्राथमिकतामा राखी उत्सवको रुपमा मनाउँछौ त्यसका लागि यो वर्ष हामी हाम्रा ग्राहकहरुलाई कोक र आफ्ना भावनाहरु आफ्ना मन परेकाहरुसँग बाड्नको लागि अभिप्रेरित गर्नेछाँै । कोकाकोलाको बोतलमा ग्राहकहरुले विषेश भावनाहरु जस्तो माया, साथ, मित्रता, मिलन, सहयोग, श्रद्धा आदि पाउनेछन् जुन आफ्नो परिवार र साथीहरुसँग भावनाहरु साटासाट गर्न सघाउँछ ।’

बोट्लर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले, ‘म यो विषेश दसैं क्याम्पियन घोषणा गर्न पाउदा ज्यादै खुसि भएको छु । म यस्तो संस्थाको हिस्सा हुन पाउँदा सम्मानित र गौरवान्वित भएको छु, जसले आफ्ना कर्मचारी र ग्राहकहरुको विषेश हेरचाह गर्छ । सयांै सम्बन्धका कयौ भावना यो एउटा ट्याग लाईनमात्र नभई यो आफ्ना भावनाहरुलाई प्रस्तुत गर्ने तरिका हो, जसले सम्बन्धहरुलाई अझ मजबुत बनाउन सक्छ ।

हात बढाएकोमा’ लेबल भएको कोकको बोतल दिन्छिन् त्यसैगरी स्वास्तिमा खड्काले आफ्नो श्रीमान निश्चललाई कोकको ‘निश्चल मायाका लागि’ भन्ने कोक दिन्छिन् भने निश्चल बस्नेतले स्वस्तिमालाई ‘सुख दुखको साथको लागि’ लेवल भएको कोक दिन्छन् । कुटुम्बका ब्याण्ड मेम्बरहरुले एक अर्कालाई अटुट साथको लागि, नदेखिने हौसलाको लागि, सधै खुसि रहेकोमा, रमाइला ती जमघटका लागि, चुलबुले मित्रताका लागि, तिमी छौ हाँसो छ जस्ता लेवल भएका कोक बाँडेका थिए ।

सम्बन्धित समाचार

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७५ आश्विन १५, ०८: १७

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ आश्विन १५, ०८: १७

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ आश्विन १५, ०८: १७

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...