एनआईसीले ऋणपत्र निष्कासन गर्दै – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

एनआईसीले ऋणपत्र निष्कासन गर्दै

काठमाडौं । एनआईसी एशिया बैंकले एक हजार अंकितको दरले ४० लाख कित्ता बराबरको ४ अर्ब रुपैयाँ एनआईसी एशिया ऋणपत्र २०८५÷८६ को बिक्री गर्त लागेको छ ।

यसको बिक्री प्रवन्धकको जिम्मा एसबिआई मर्चेन्टलाई दिइएको हो । एनआईसी एशियाले ४ अर्ब रुपैयाँको ऋणपत्र ११ प्रतिशत ब्याजदर दिने गरेर निकाल्ने छ । यसअघि बैंकले जारी गरेको रु १ अर्ब ८३ करोड रुपैंयाको ‘११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८२÷८३’ सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको छ ।

प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्ताका लागि उत्कृष्ट प्रतिफलसहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर मानिएको छ । उक्त ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक छपिराज पन्तले संयुक्त हस्तक्षर गरेका हुन् । ऋणपत्र धितोपत्र बोर्डले स्वीकृती दिएपछि बैंकले ८० प्रतिशत ऋणपत्र व्यक्तिगत तथा २० प्रतिशत सर्वसाधारणका लागि छुट्ट्याएको छ ।

सम्बन्धित समाचार

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७५ कार्तिक १४, ११: ५२

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ कार्तिक १४, ११: ५२

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
  • २०७५ कार्तिक १४, ११: ५२

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...