काठमाडौं । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र ललितपुरस्थित साँघामा अवस्थित समय रेष्टुरेन्ट तथा बारबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त रेष्टुरेन्टमा उपलब्ध खानाका परिकार र पेय पदार्थमा १० प्रतिशत विशेष पाउने भएका छन् ।
समय रेष्टुरेन्ट तथा बारका सबै आउटलेटमा यो सम्झौता लागु हुनेछ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र समय रेष्टुरेन्ट तथा बारको तर्फबाट अपरेशन इन्चार्ज प्रशन्न अधिकारीले हस्ताक्षर गरेका छन् । यो सम्झौता यहि कात्तिक १५गतेदेखि एक वर्षसम्म लागु हुनेछ ।
आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।
आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक खुला बजार विनिमय दर सार्वजनिक गरेको छ। आजको...
काठमाडौँ — धितोपत्र बजारमा अघिल्लो दिनको सुधारलाई निरन्तरता दिन नसक्दा आज (बुधबार) नेप्से सूचक ६.३८ अंक (०.२४%) ले घटेर २५७२.३४...