काठमाडौं
। सानिमा बैंकले जागिर तथा व्यापार व्यवसायको व्यस्तताले शेयर बजारमा कारोबार गर्न नपाएका लगानीकर्ताहरुका लागि खुसीको वहार ल्याएको छ । लगानीकर्तालाई लक्षित गर्दै बैंक खाता खोल्दा प्राथमिक तथा दोस्रो बजारमा शेयर कारोबार गर्न सक्ने गरी बैंकले एकै पटक डिम्याट खाता र ब्रोकर खाता पनि खुल्ने व्यवस्था गरेको छ ।
यस्तो बैंक खाता अनलाइन प्रणालीबाटै खोल्न सक्ने व्यवस्था गरिएको छ । एक वर्षको अध्ययन पछि बैंकले यस्तो सुविधा संचालनमा ल्याएको हो । लगानीकर्ताले बैंकको वेवसाइटमा गएर ‘थ्रि इन वन अकाउन्ट’ मा क्लिक गरेपछि बैंक खाता खोल्न सकिने छ । यसरी अनलाइन फारम भरिसकेपछि बैंकले इमेलबाट सम्पूर्ण जानकारी गराउनेछ ।
अनलाइनबाट खाता खोलेसँगै आफु नजिक रहेका जुनसुकै शाखा कार्यलयमा गएर केवाइसीको प्रकृया पूरा गर्नु पर्नेछ । केवाइसीको लागि बैंकको देशभरि रहेका कुनैपनि शाखा कार्यलयमा आफ्नो नागरिकता सहित पुग्नु पर्नेछ । खाताको प्रकृया पूरा भएसँगै सानिमा बैंकले एउटा लिङ्क उपल्बध गराउनेछ । त्यहि लिङ्क मार्फत शेयर खरिद बिक्रीको आवदेन दिन सकिनेछ । यो स्वचालित प्रणाली हो । आफुले शेयर खरिद गर्न चाहेमा वाइ बटम क्लिक गर्नुपर्छ ।
वाइ बटम क्लिक गरेसँगै सूचिकृत कम्पनी देखिनेछ । आफुले खरिद गर्न चाहेको कम्पनीमा क्लिक गरेसँगै कति कित्ता कति रुपैयाँमा किन्ने त्यो आफैले अर्डर गर्न सकिनेछ । लगानीकर्ताले खरिद गर्न चाहेको शेयरका लागि आवश्यक रकम भए नभएको जानकारी बैंकले दिन्छ । यदि आफुले खरिद गर्न चाहेको शेयरका लागि आवश्यक रकम नभएमा अर्डर प्लेस हुँदैन । यदि आफुले दिएको अर्डर म्याच भएर खरिद भएमा शेयरधनीले शेयर खरिद भएको जानकारी मोबाइलको म्यासेज तथा इमेलबाट प्राप्त गर्न सक्छन् ।
अर्डर म्याच भएसँगै लगानीकर्ताले तिर्नुपर्ने सम्पुर्ण कमिसन तथा शुल्क स्वचालित रुपमा भुक्तानी हुनेछ । लगानीकर्ताले यसमा कुनै पनि झण्झट ब्योहोर्नु पर्ने छैन । त्यस्तै बिक्रीकालागि पनि सेल बटम क्लिक गरेपछि कम्पनीको सूची देखिनेछ । आफुसँग शेयर भएको कम्पनी क्लिक गरेर आफुले चाहेको शेयर बिक्रीको लागि अर्डर दिन सकिनेछ । यसमा पनि शेयर संख्या, मूल्य सहित आदेश दिनु पर्नेछ ।
यदि आफुले दिएको अर्डर म्याच भएमा बिक्री हुनेछ । यसरी ब्रिक्री भएको शेयरको पैसा स्वचालित रुपमै सम्पूर्ण कर, कमिसन तथा शुल्क भुक्तानी भएर आउनेछ । यसमा नियम अनुसार ‘टि प्लस थ्री’ अनुसार आफ्नै बैंक खातामै आउनेछ । लगानीकर्ताले मूल्य अर्डर गर्दा नियम अनुसार १० प्रतिशतसम्म बढाएर वा घटाएर खरिद गर्न पाउने नियमका आधारमा अग्रमि रुपमै अर्डर गर्न मिल्ने या नमिल्ने जानकारी उपलब्ध गराउछ । यस्तो सुविधा कारोबार सुरु भएदेखि दिउँसो २ बजेर ३० मिनेटसम्मका लागि पाइनेछ ।
कारोबारको अन्तिम ३० मिनेट राफसाफको लागि आवश्यक पर्ने देखिएकोले अर्डर गर्न सकिने छैन । यो कारोबार ३० मिनेट भित्रै कारोबार गर्ने व्यवस्था मिलाउनका लागि बैंकले प्राविधिकसँग सल्लाह गरिरहेको जनाएको छ । बैंकले आफ्नोमा खाता खोलिसकेपछि आवश्यक पर्ने सम्पूर्ण सुविधा उपलब्ध गराउने क्रममा पछिल्लो समय शेयर बजारका लगानीकर्तालाई लक्षित गर्दै यस्तो खाता सञ्चालनमा ल्याएको हो ।
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...