गरिबी निवारण कोषद्वारा बैंकमार्फत व्यवसाय गर्न ७ लाखसम्म ऋण दिँदै – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

गरिबी निवारण कोषद्वारा बैंकमार्फत व्यवसाय गर्न ७ लाखसम्म ऋण दिँदै

काठमाडौं । गरिबी निवारण कोषले विपन्न वर्गको आयस्तरमा सुधार ल्याउन सहकारी बैंकमार्फत कर्जा लगानी गर्ने गरि राष्ट्रिय सहकारी बैंकसँग सम्झौता गरेको छ । गरिबी निवारण कोषको कार्यालयमा आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक नहकुल केसी र बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

गरिबी निवारण कोषको सहयोगमा गठन भैसकेका र हुने सहकारीहरुको व्यवसायीकरण, पेशागत एवं वित्तीय व्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यले भएको समझदारीले गरिब तथा विपन्न वर्गलाई बैंकिङ क्षेत्रको थोक कर्जा, बचत र पूँजी परिचालन लगायत अन्य बैंकिङ सेवामा पहुँच पुग्ने कोषका निर्देशक केसीले जानकारी दिए ।

कोषले गठन गरेका सामुदायीक संस्थाका सदस्यहरु सहित २५ जिल्लामा गठन भएका ४२५ सहकारी, ३५६ हस्तकला उत्पादन समुहका सहकारी तथा चालु आर्थिक वर्षमा गठन गरिने सहकारीहरुलाई क्षमता विकासको तालिमका साथै बचत, कर्जा र पूँजी परिचालन गर्न सहयोग पु¥याउने पनि बताइएको छ ।
सहकारीहरुको दीगोपना र सुधारको लागि राष्ट्रिय सहकारी बैंकमार्फत कोषले गठन गरेका संस्थाहरुको बचत परिचालन गर्न प्रेरित गर्ने बैंकका प्रबन्ध सञ्चालक उप्रेतीले बताए । समझदारीले ग्रामिण अर्थतन्त्र र उद्यमको संस्थागत विकासले लक्षित परिवारलाई गरिबीको चक्रबाट माथि उठाउन भरपर्दो आधार तयार भएको केसीको भनाई छ ।

अनुदान दिएर मात्र जनताको जीवनस्तर उकास्न नसकिने ठहर गर्दै अव कर्पोरेट मोडेलमा जाने कोषको तयारी रहेको उनले बताए । कोषको सहयोगमा ५८ जिल्लामा ३२ हजार सामुदायिक संस्था गठन भएका छन् । कुल १५ लाख गरिब घरपरिवारमध्ये नौ लाख घरपरिवारले गरिबी निवारण कोषका कार्यक्रमबाट लाभ लिएको उनको भनाई छ । कोष र बैंकबीच भएको समझदारीले गरिबी निवारणको राष्ट्रिय लक्ष्य प्राप्तीमा सहयोग पुग्ने उप्रेतीको भनाई छ ।
सहकारी बैंक अन्तरगत नौ हजार ५०० सहकारीसंस्थाहरु सदस्यको रुपमा आवद्ध छन्। १४ अर्ब रुपैयाँ निक्षेप भएको बैंकले नौ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।गरिबी निवारण कोषले ३२ हजार ९९ सामुदायीक संस्थालाई १४ अर्ब ५० करोड रुपैयाँ आय आर्जनमा सहित २५ अर्ब रुपैयाँ लगानी गरेको छ । कोषले नौ लाख ६० हजार घरधुरीका ४० लाख जनसंख्यालाई प्रत्यक्ष सहयोग पु¥याउँदै आएको छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ मंसिर १८, ०९: २९

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ मंसिर १८, ०९: २९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

नेप्सेमा ३३.२८ अंकको गिरावट, सबै उपसूचक ओरालो लाग्दा ६ अर्बभन्दा बढीको कारोबार
नेप्सेमा ३३.२८ अंकको गिरावट, सबै उपसूचक ओरालो लाग्दा ६ अर्बभन्दा बढीको कारोबार
  • २०७४ मंसिर १८, ०९: २९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा बन्द भएको छ।...