काठमाडौं । एनएमबी बैंक ‘बैंक अफ दी इयर २०१७ बाट’ सम्मानित भएको छ । बेलायतको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने उपाधी यस वर्ष एनएमबीले पाएको हो । बैंकको वित्तीय अवस्था र वित्तीय विवरणबाट देखिने वित्तीय जोखिम न्युनिकरण क्षमताको आधारमा मात्र नभई वित्तीय समावेशीकरण, मल्टि च्यानल बैंकिङ लगायतको आधारमा समेत उपाधी पाएको हो ।
२०७२ साल बैशाखमा गएको भूकम्प तथा नाकाबन्दीको मारको बीचमा पनि बैंकले राम्रो प्रगति गरेको थियो । बैंकले सन् २०१६ मा १२२.५७ प्रतिशत खुद मुनाफा कमाएको थियो । यसबीचमा बैंकको मुख्य उपलब्धी भनेको २० प्रतिशत हिस्सा नेदरल्याण्ड डेभलवमेन्ट फाइनान्स कम्पनीले लिनु र ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्युजकोको सदस्य बन्नु रहेको छ । यस पटक यो उपाधीको लागि १ सय ४१ देशबाट बैंकहरुको सहभागिता रहेको बताइन्छ ।
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...