आइएमई मोटर्सको सिमराही र चन्द्रनिगाहपुरमा शाखा समुद्घाटन – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

आइएमई मोटर्सको सिमराही र चन्द्रनिगाहपुरमा शाखा समुद्घाटन

काठमाडौँ । आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्स प्रा.लि ले २ वटा शाखा समुद्घाटन गरेको छ । दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिका स्थित सोरुमको एक कार्यक्रमबीच समुद्घाटन गरीएको हो । सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुनेछन् ।

शाखाको समुदघाटन नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका क्षेत्रीय प्रमुख तन्मय मित्रका साथै उक्त क्षेत्रका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा संयुक्त रुपमा रिबन काटी उद्घाटन गरिएको हो ।

उद्घाटन सत्रमा संक्षिप्त मन्तव्य दिँदै ग्रुपका अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए । यस क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता ब्यक्त गरे ।

सोही कार्यक्रममा अशोक लेलैण्ड भारतका क्षेत्रीय प्रमुख तन्मय मित्रले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनी भएको र आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको आक्रमक बजार बिस्तार गर्ने उद्देश्य रहेको जानकारी गराए ।


रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सुचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ । आइएमई मोटर्सले ट्रक टिप्पर, स्कुल बस सहित साना तथा ठुला कमरसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ । समुद्घाटन गरीएको सिमराही सर्भिस सेन्टर र चन्द्रनिगाहपुर शाखा बाहेक थप १३ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पार्टसको सुबिधा पनि दिदै आएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
  • २०७८ फाल्गुन २६, १२: २०

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७८ फाल्गुन २६, १२: २०

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...

सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७८ फाल्गुन २६, १२: २०

काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...