विद्युतीय स्कुटरको आज उदघाटन – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

विद्युतीय स्कुटरको आज उदघाटन

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आज विद्युतीय स्कुटरको उद्घाटन गर्ने भएको छ । एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने उक्त विद्युतीय स्कुटर लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा बनाइएको हो ।

आज दिउँसो ऊर्जामन्त्री पम्फा भुसाल, शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतले संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम रहेको छ । पेट्रोलियम पदार्थको मूल्य अत्याधिक वृद्धि भइरहेको बेला नेपाली माटो सुहाउँदो नमूना स्कुटर निर्माण गरिएको

नास्टका प्रविधि संकाय प्रमुख एवं इलेक्ट्रिक स्कुटर निर्माण कार्यक्रमका प्रमुख रवीन्द्र ढकालले बताए । स्कुटरमा दुई किलोवाट क्षमताको लिथियम आयन ब्याट्री जडान गरिएको छ ।

ब्याट्रीको क्षमता बढाउन पनि सकिने, हाल तयार भएको स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटरभन्दा परसम्म गुड्ने प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक ढकालले बताए । ब्याट्री र मोटरको क्षमता बढाउँदा ५० किलोमिटर भन्दा पनि बढी गुड्न सक्ने उनको भनाइ छ ।

एउटा नमूना स्कुटर बनाउन तीन लाख रुपैयाँ भन्दा बढी खर्च भएको ढकालले बताए । ठूलो मात्रामा नेपालभित्रै न्यूनतम एक लाख ५० हजारदेखि दुई लाख रुपैयाँसम्ममा विद्युतीय स्कुटर बनाउन सकिने ढकालले बताए ।

नास्टले नेपालमा नै कारखाना स्थापना गरेर काम गर्न प्राविधिक तथा आर्थिक तयारी बारेमा लुम्बिनी प्रदेश सरकारको सहकार्यमा सम्भाव्यता अध्ययन समेत गरिरहेको छ ।

सम्बन्धित समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
  • २०७९ बैशाख ८, ०८: ०५

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७९ बैशाख ८, ०८: ०५

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...

सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७९ बैशाख ८, ०८: ०५

काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...