प्रभु बैंक र सैनिक कल्याणकारी कोषबीच शैक्षिक कर्जा सम्झौता – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

प्रभु बैंक र सैनिक कल्याणकारी कोषबीच शैक्षिक कर्जा सम्झौता

काठमाडौं । प्रभु बैंक र सैनिक कल्याणकारी कोषबीच सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा कार्यान्वयनको सम्झौता भएको छ । सम्झौता अनुसार सैनिकका छोराछोरीलाई बैंकले शैक्षिक कर्जा उपलब्ध गराउने बताइएको छ ।

सम्झौतापत्रमा सैनिक कल्याणकारी कोष जंगी अड्डाका उपरथी ताराध्वज पाण्डे र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरे । अब सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकासप्राप्त सैनिकहरुका छोराछोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषयजस्तै चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नकालागि प्रभु बैंकले शैक्षिककर्जा सुविधा उपलब्ध गराउने छ । यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् २५ लाख रुपैयँसम्मको हुने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित समाचार

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७५ फाल्गुन २०, ०९: ००

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ फाल्गुन २०, ०९: ००

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
  • २०७५ फाल्गुन २०, ०९: ००

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...