काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले न्यूनतम निक्षेप संकलन गर्नेलाई अधिकतम ब्याज दिने खाता संचालनमा ल्याएको छ । ३३ वर्ष पूरा गरेको अवसरमा बैंकले एनआईविएल क्रमिक मुद्धती खाता संचालनमा ल्याएको हो । बैंकले हरेक महिना न्यूनतम ३ सय ३३ रुपैयाँ जम्मा गर्दा ३३ महिनामा ९.२५ प्रतिशत ब्याज पाउने खाता संचालनमा ल्याएको हो ।
थौरै नगद जम्मा गरेर भविष्यमा आर्थिक जोहो गर्नका लागि यो खाता संचालनमा ल्याएको बैंकले जनाएको छ । बैंकले एनआईविएल भिसा कार्ड प्रयोगकर्ताका लागि पिओएस मेशिन प्रयोग गर्दा ३३ प्रतिशत क्याश ब्याक अफर दिएको छ । यो ३३ दिनका लागि मात्रै लागु हुने बैंकले जनाएको छ । सन् १९८६ मा स्थापना भएको बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । बैंकको जगेडा तथा कोषको रकम ९ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।
शेयरधनी को रकम २४ अर्ब ८७ करोड रुपैयाँ पुगेर निजी क्षेत्रको बैंकमध्ये उच्च स्थानमा पुगेको छ । बैंकको निक्षेप १ खर्ब ४२ अर्ब रुपैयाँ र कर्जा १ खर्ब २८ अर्ब लगानी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकको खराब कर्जा अनुपात १ दशमलब ३६ प्रतिशत मात्रै छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ९७ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको ७८ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजस्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा र १ सय १० वटा एटीएम काउन्टर रहेको छ ।
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...