
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिकास्थित खरीखोलामा १२औं एक्स्टेन्सन काउन्टर सञ्चालनमा गरेकोे छ । खुम्बु पासाङ ल्हामु गाउपालिकाका प्रवक्ता ल्हाक्पा छिरीङ शेर्पाले उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेका छन् । उद्घाटनपछि गाउँपालिकाका प्रवक्ता शेर्पाले गाउँबासीमा बचत गर्ने बानीको बिकास हुनुको साथै वित्तिय साक्षरता पनि अभिबृद्धि हुने बताए ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका अन्तर्गत ५मध्ये ३ वटा वडामा बैंकिङ सेवा प्रदान गरिसकेको र सोही गाउँपालिका अन्तर्गत वडा नं. ५ नाम्चेमा पनि छिट्टै एक्स्टेन्सन काउन्टर खोल्ने तयारी गरेको बैंकले जनाएको छ । यस एक्स्टेन्सन काउन्टरबाट खुम्बु पासाङ ल्हामु गाउपालिका, माप्य दुधकोशी गाउपालिका र सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरूलाई बैंकिङ कारोबार गर्न सहज हुने बैंकले विश्वास लिएको छ ।
काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नुका साथै स्थानीयमा बित्तिय साक्षरता अभिबृद्धि गर्न सहयोग गर्ने बैंकले जनाएको छ ।
बैंकले अहिले ७८ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, नौं वटा राजस्व संकलन काउन्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, एक सय ११ वटा एटिएम तथा ३ तीन हजार सात सय ८३ वटा पीओएस मेसिन बाट सेवा प्रदान गरेको बैंकको विज्ञप्तिमा उल्लखे छ ।
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...