आठ कम्पनीका हकप्रद शेयर लिलाम गरिँदै – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

आठ कम्पनीका हकप्रद शेयर लिलाम गरिँदै

काठमाडौं । आठ कम्पनीले बिक्री नभएको हकप्रद शेयर लिलाम गर्ने भएका छन् । एक्सल डेभलपमेन्ट बैंक, बैंक अफ काठमाडू, काबेली विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, किसान माइक्रोफाइनान्स, नेपाल ग्रामिण विकास बैंक, सानिमामाई हाइड्रोपावरर नेपाल इन्स्योरेन्स कम्पनीले नबिकेको हकप्रद लिलाम गर्ने भएका हुन् ।
आठ कम्पनीले ६९ करोड ४१ लाख ६४ हजार २०० रुपैयाँ बराबरका ६९ लाख ४१ हजार ६ सय ४२ कित्ता शेयर बोलकबोलमार्फत बिक्रि गर्न लागेका छन् ।

एक सय रुपैयाँ अंकित मूल्यमा लिलाम शुरु हुने शेयरहरु बोलकबोलमा बिक्री हुने भएको छ । आठमध्ये तीन कम्पनीले लिलामीको सुचना निकालेका छन् भने पाँच कम्पनीको बोलाकबोल आबेदन खुला छ ।काबेली विकास बैंकले मंसिर १९ देखि २९ सम्म, बैंक अफ काठमाण्डूले मंसिर २२ देखि २९ सम्म, एक्सल डेभलपमेन्ट बैंकले मंसिर २४ गतेदेखि पुस ९ गतेसम्म शेयर लिलामीमा बेच्दैछन् । किसान माइक्रो फाइनान्सर सानिमामाइको मंसिर १९ गतेसम्म बोलाकबोलमा आबेदन दिन सकिन्छ । नेपाल ग्रामिण विकास बैंकको मंसिर २६ गतेसम्मर नेपाल इन्स्योरेन्सको पुस ३ गतेसम्म बोलकबोलमा आबेदन गर्न सकिने बताइएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २०७४ मंसिर २५, ०८: ५९

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६ रुपैयाँ
आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६ रुपैयाँ
  • २०७४ मंसिर २५, ०८: ५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको...

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०७४ मंसिर २५, ०८: ५९

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...