
काठमाडौं । प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको साउनदेखि जेठसम्ममा वीरगञ्ज नाका प्रयोग गरी रु ७४ अर्ब ३४ करोड ६६ लाख मूल्य बराबरको १४ लाख १८ हजार २१७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धन आयात भएको थियो ।
चालु आवको सोही अवधिमा वीगरगञ्ज नाका प्रयोग गरी नेपालका लागि एक खर्ब ५३ अर्ब ३६ करोड सात लाख मूल्यको २५ लाख ३१ हजार ६६० किलोलिटर इन्धन आयात भएको छ । यो गत आवभन्दा १०६.२७ प्रतिशत बढी मूल्यको ७८.५१ प्रतिशत बढी इन्धन आयात भएको हो ।
त्यस्तै वीरगञ्ज नाकाबाट हुने खाना पकाउने एलपिजी ग्यासको आयातमा समेत करिब आठ प्रतिशतले वृद्धि भएको छ । गत आवमा दुई लाख ३९ हजार ६३८ मेट्रिकटन ग्यास आयात भएको तुलनामा चालु आवको सोही अवधिमा १८ हजार ५०० मेट्रिकटन बढी अर्थात्
दुई लाख ५८ हजार १५० मेट्रिकटन बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...