नेप्सेमा ९४ अंकको सुधार – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

नेप्सेमा ९४ अंकको सुधार

नयाँ विकल्प,

काठमाडौं – आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९४ अंकको सुधार आएको छ । कारोबार समयदेखि बढ्न थालेको नेप्से परिसूचक १ हजार ९ सय ५६ अंकमा पुगेर बन्द भएको छ ।

आज नेप्सेमा २ अर्ब १९ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । यसक्रममा ६३ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ ।
आजको कारोबार रकमभन्दा त्यसअघि साताका ५ कारोबार दिनमा भने नेप्से परिसूचक घटेको थियो ।

नेप्सेमा झण्डै १०० अंकको उछाल आएको दिन सबै समूहमा सुधार आएको छ । यसमध्ये जीवन बीमा समूहमा ३६६ अंक, निर्जीवन बीमा समूहमा ३६२ अंकको सुधार आएको छ । यसैगरी, उत्पादनमूलक समूहमा २८४ अंकको र विकास बैंक समूहमा २५७ अंकको सुधार आएको छ ।
यसका साथै लघुवित्त समूहमा २३१ अंकको वृद्धि आउँदा जलविद्युत समूहमा १५६ अंक र व्यापार समूहमा १२१ अंकको सुधार आएको देखिन्छ । आज परिसूचकमा उच्च अंकको वृद्धि आउँदा सबैजसो समूहमा उल्लेख्य सुधार आएको छ ।
यसक्रममा आज २१ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । परिसूचकमा उच्च अंकको वृद्धि देखिँदा झण्डै २ दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । यसैगरी, २९ वटा कम्पनीको सेयरमा ९ प्रतिशतभन्दा धेरैको सुधार आएको नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार

लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
  • २०७९ असार १२, १६: ४४

काठमाडौँ ।  काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७९ असार १२, १६: ४४

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७९ असार १२, १६: ४४

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...