काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लि. मकवानपुर बज्रबराही शाखाले आफनो ग्राहक सदस्यको मृत्युपश्चात पनि ऋण कर्जा मिनाहा गरेको छ । वित्तीय संस्था लि.शाखा कार्यालय बज्रबराहिद्घारा प्रवद्घित केन्द्र नं ७०, नागदह साधना महिला विकास केन्द्रको स्व. सुकु माया स्याङ्गतानको फागुन २० गते असमाहिक निधन भएको थियो । स्व.सुकु माया स्याङ्गतानले वित्तीय संस्थावाट लिएको कर्जाको तिर्न बाँकी सावा र सो सावाले हुन आउने ब्याज रकम गरी ७२ हजार १९१ रुपैया कर्जा मिनाह गरेको हो ।
संस्थाले आइतबार स्याङ्गतानकै घर नजिक रहेको नागदह प्रा.वि को प्राङ्गगडमा हार्दिक श्रद्घाञ्जली तथा कर्जा मिनाह कार्यक्रम गरि कर्जा मिनाहको घोषणा गरेको हो । उक्त कार्याक्रममा कर्जा मिनाह पत्र र बचत रु ६,१३० अक्षेरुपि छ हजार एक सय तिस रुपैया मृतक स्व. सुकुमाया स्याङ्गतानको श्रीमान सानु कान्छा घलानलाई थाहा न.पा वडा नं ११ का वडा अध्क्षय किरण वल र वित्तीय संस्थाको कर्जा तथा जोखिम ब्यावस्थापन विभाग प्रमुख राम प्रसाद लामिछानेले प्रदान गरेका थिए ।
काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक खुला बजार विनिमय दर सार्वजनिक गरेको छ। आजको...
काठमाडौँ — धितोपत्र बजारमा अघिल्लो दिनको सुधारलाई निरन्तरता दिन नसक्दा आज (बुधबार) नेप्से सूचक ६.३८ अंक (०.२४%) ले घटेर २५७२.३४...