नेप्सेमा १२ अंकमाथिको वृद्धि – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

नेप्सेमा १२ अंकमाथिको वृद्धि

नयाँ विकल्प,

काठमाडौं – शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा १२ अंकमाथिको वृद्धि भएको छ । अघिल्लो दिन १५ अंकले बढेको बजारमा शुक्रबार थप १२.९२ अंकले बढ्दै नेप्से सूचक २१ सय ४०.३९ विन्दुमा उक्लिएको हो ।
दुई घण्टा खुलेको बजारमा आज सेन्सेटिभ इन्डेक्स समेत ३.८६ अंकले बढ्दै ४०९.४८ अंकमा उक्लिएको छ । यस दिन हाइड्रोपावर, निर्जीवन बीमा र म्युचुलअल फन्ड बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् ।
सबैभन्दा बढी आज डेभलपमेन्ट बैंक समूहको उपसूचक ४.६५ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक ३.८४ प्रतिशतले बढेका छन् । बाँकी अन्य समूहहरूको उपसूचक १ प्रतिशतभन्दा कम प्रतिशतले बढेका छन् ।

सम्बन्धित समाचार

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ श्रावण १३, १७: ०३

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...

व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
  • २०७९ श्रावण १३, १७: ०३

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
  • २०७९ श्रावण १३, १७: ०३

काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...