काठमाडौं । नेप्से कारोबारको अन्तिम दिन बिहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ४.१५ अंकले बढेर एक हजार ८ सय ७० दशमलब ६३ विन्दुमा रोकिएको नेप्सेले जनाएको छ । बुधबार नेप्से ११.३६ अंकले बढेर एक हजार ८ सय ६६ दशमलब ५२ विन्दुमा बन्द भएको थियो ।
आज नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज नेप्सेमा ८२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ६९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये ९५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । भने एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६६७.९० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार सिटिजन म्युचुअल फण्ड २ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज तीन करोड ४० लाख भन्दा बढीको कारोबार भएको छ ।
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...
काठमाडौं : महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव...
रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज...