
काठमाडौं । ग्लोबल आइएमइ बैंक र जनता बैंक गाभिएपछि सर्वसाधारणबाट उठाएको निक्षेप चैत मसान्तसम्मको तथ्यांकमा आधारित भएर हेर्दा १ खर्ब ८७ अर्ब ८८ करोड रुपैयाँ पुग्ने भएको छ । सर्वसाधारणमा दिएको ऋण लगानी एक खर्ब ७० अर्ब रुपैयाँ नाघ्ने जनाइएको छ । शाखा सञ्जाल २७८ पुग्ने भएको छ । यसबाहेक बैंकका शाखारहित बैंकिङ्ग इकाई र एक्सटेन्सन काउन्टर पनि हुने भएका छन् ।
प्रारम्भिक सहमति अनुसार, जनता बैंकले एक कित्ता बराबर ८५ रुपैयाँ पाउनेछ । यस हिसाबले अहिले जनता बैंकसँग ८ अर्ब रुपैयाँ चुक्ता पूँजी छ । यसमध्ये ६ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजीका रुपमा ग्लोबलसँग मिसिने छ । अहिले ग्लोबलको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । यसमा जनताको ६ अर्ब ८० करोड मिसिँदा पूँजी १७ अर्ब ११ करोड रुपैयाँ हुने छ ।
जनताको शेयर आदानप्रादन अनुपात मिलाएपछि १ अर्ब २० करोड रुपैयाँ जगेडा कोषमा जान योग्य हुनेछ । अहिले जनतासँग १ अर्ब ७५ करोड रुपैयाँ जगेडा कोष छ । ग्लोबल आइएमइको २ अर्ब ७३ करोडको कोष छ । यो सबै गरेर जगेडा कोष ५ अर्ब ६९ करोड रुपैयाँको हुनेछ । पूँजी र जगेडा जोड्दा पूँजी कोष २२ अर्ब ८० करोड रुपैयाँको पुग्ने छ ।
काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक खुला बजार विनिमय दर सार्वजनिक गरेको छ। आजको...
काठमाडौँ — धितोपत्र बजारमा अघिल्लो दिनको सुधारलाई निरन्तरता दिन नसक्दा आज (बुधबार) नेप्से सूचक ६.३८ अंक (०.२४%) ले घटेर २५७२.३४...