काठमाडौं । ग्लोबल आइएमई बैंकले सखुवासभाको याखा चोकमा ५५औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले शाखारहित बैंकिङका व्यवसायिक प्रतिनिधि अनिरुद्र सिंह लिङ्खालाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् । सिइओ पौड्यालले स्थानीय ९० वर्षिय ललुमाया सुवेदीको नाममा व्यक्तिगत रुपमा २ हजार ५ सय रुपैयाँ जम्मा गरेर सेवा शुभारम्भ गरे । कृषि र रेमिटेन्स मूख्य आयस्रोत रहेको याखा चोक वरपरका वासिन्दाले बैंकिङ सेवा उपभोग गर्न टाढा जानुपर्ने बाध्यता रहँदै आएको थियो । तर यो सेवासँगै बासिन्दाले अब बंकको कारोबार गर्नको लागि टाढा धाउन नपर्ने भएको छ ।
काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य...
काठमाडौं : नेपाल आयल निगमले बुधबारदेखि एलपी ग्यासको साविककै १४.२ केजी क्षमताको पूरा सिलिन्डर बिक्री–वितरण पुनः सुरु गर्ने निर्णय गरेको...