काठमाडौं । कामना सेवा विकास बैंकले माघ १५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले १० बराबर १.५ अनुपातमा ३० करोड ९४ लाख १५ हजार रुपैयाँ बराबरको ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । बैंकले निष्कासन गर्न लागेको उक्त हकप्रद शेयरमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद शेयर बाँडफाँडपछि बैंकको चुक्तापुँजी २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...