‘प्रधान सेनापति खुल्ला म्याराथन प्रतियोगिता २०७४’ सम्पन्न – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

‘प्रधान सेनापति खुल्ला म्याराथन प्रतियोगिता २०७४’ सम्पन्न

महाशिवरात्री तथा सेना दिवस २०७४ को अवसरमा प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा “UNITED WE STAND-COME STAND WITH US”भन्ने नारासहित RUN FOR FUN को रुपमा ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता २०७४’ यही २७ गते सम्पन्न भएको छ । सो प्रतियोगिताको छात्र तर्फको ५ कि.मि.दौडमा श्री सैनिक आवासीय महाविद्यालय, सल्लाघारीका सुरेश थापा मगर प्रथम, सोही महाविद्यालयका ईश्वर बस्नेत द्वितिय र श्री सम्झना एकेडेमीका कृष्ण तामाङले तृतिय स्थान प्राप्त गरेका थिए ।

त्यसैगरी, छात्रा तर्फ श्री मेगा नेशनल कलेजका काजल बिष्ट प्रथम, श्री विजेश्वरी ज्ञान मन्दिरका सुनिता श्रेष्ठ द्वितिय र श्री विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका स्वेच्छा बलामी मगरले तृतिय स्थान प्राप्त गरेका छन् । सोही अवसरमा, पुरुष तर्फको १० कि.मि. दौडमा नेपाली सेनाका उप सेनानी राकेश नेपाली प्रथम, सह सेनानी भुपाल अधिकारी द्वितिय र सेनानी मधु थापा तृतिय भएका छन् ।

त्यसैगरी, महिला तर्फ उप सेनानी करिश्मा प्रधान कुमाल प्रथम, सह सेनानी मिना कुमारी बस्नेत द्वितिय र उप सेनानी रेखा अधिकारी तृतिय भएका छन् । सोही विधाको पुरुष तर्फ १० कि.मि. विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञसहितको दौडमा काठमाण्डौंस्थित बेलायती राजदुतावासका Simon Castro Wilrich प्रथम र सोही राजदुतावासका Aaron Durham द्वितिय र चिनियाँ राजदुताबासका Xu Sirui तृतिय स्थान हासिल गर्न सफल भए । उक्त विद्यामा प्रथम, द्धितिय तथा तृतिय स्थान हासिल गर्ने विदेशी सैनिक सहचारी एवं कुटनीतिज्ञहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

हाफ म्याराथन २१ कि.मि. दौड दुई विद्या (४५ बर्ष मुनि र माथि उमेर समूह) मा गरिएको थियो । ४५ बर्ष मुनि पुरुष तर्फको २१ कि.मि.दौड मा नेपाली सेनाका सिपाही गजेन्द्र राज राई प्रथम, सिपाही रामजी बस्नेत द्वितिय र हुद्धा कल्याण बानियाले तृतिय स्थान हासिल गर्न सफल भए । सोही विद्यालयमा महिला तर्फ नेपाली सेनाका प्यूठ विश्वरुपा बुढा प्रथम, प्युठ रेशु बस्नेत द्वितिय र सशस्त्र प्रहरी बलका विन्द्रा धनके श्रेष्ठले तृतिय स्थान हासिल गरेका थिए ।

उक्त २१ कि.मि.दौडमा प्रथम, द्वितिय तथा तृतिय स्थान हासिल गर्नु हुने धावकहरुले क्रमशः रु.२५ हजार, रु.१५ हजार र रु.१० हजार नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएको थियो । पुरुष तथा महिला तर्फ प्रथम हुने प्रतियोगीको लागि नगद पुरस्कार श्री ग्लोबल आई एमई बैंकले प्रायोजन गरेको थियो । ४५ वर्ष माथिको २१ कि.मि. विधामा भिम बहादुर गुरुङ प्रथम, कपिल भट्ट द्धितिय र दरिन बहादुर खड्का तृतिय हुन सफल भई नगद पुरस्कार क्रमशः रु. १५ हजार, रु.१० हजार र रु. ५ हजार पुरस्कार प्राप्त गरे ।

त्यसैगरी, म्याराथन प्रतियोगितामा नेपाली सेनाका अम.कृष्ण बस्नेतले २ घण्टा २२ मिनेट ५२ सेकेण्डमा दौड पूरा गर्नु भई प्रथम स्थान सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले २ घण्टा २५ मिनेट ३७ सेकेण्डमा दौड पूरा गरी द्वितिय र नेपाली सेनाका अमल्दार राजन खत्रीले २ घण्टा २९ मिनेट १२ सेकेण्डमा दौड पूरा गरी तृतिय भए ।

म्याराथनमा प्रधान सेनापति राजेन्द्र क्षत्रीले प्रथम हुने नेपाली सेनाका अम. कृष्ण बस्नेतलाई रु. १ लाखको चेकबोर्ड, मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गरेका थिए भने द्वितिय, तृतिय, चौथो, पाँचौ र छैठौ स्थान हासिल गर्न सफल भएका धावकहरुलाई समेत प्रधान सेनापति श्री क्षत्रीले क्रमशः रु.५० हजार, रु.२५ हजार, रु.१५ हजार, रु.७ हजार, रु.५ हजार तथा मेडल र प्रमाण पत्रसमेत प्रदान गरीएको थियो । म्याराथन तर्फको प्रथम नगद पुरस्कार श्री एभरेष्ट बैंक र द्धितिय नगद पुरस्कार श्री ग्लोबल आई.एम.ई. बैंकले प्रायोजन गरेको थियो ।

सोही अवसरमा प्रधान सेनापति राजेन्द्र क्षत्रीले सो प्रतियोगिताको म्याराथन तर्फ प्रथम हुनुहुने नेपाली सेनाका अम. कृष्ण बस्नेतलाई बजाज कम्पनीको १६० सिसिको प्लसर मोटर साईकलको साँचो र सो प्रतियोगिताको २१ कि.मि. महिला तर्फ प्रथम हुनु हुने नेपाली सेनाकी प्यूठ विश्वरुपा बुढालाई सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती रीता क्षत्रीले स्कुटरको साँचो हस्तान्तरण गरीएको थियो । म्याराथन तर्फ प्रदान गरिएको बजाज कम्पनीको मोटर साईकल हंशराज हुलासचन्द कम्पनी लिमिटेडले प्रायोजन गरेको थियो ।

सम्बन्धित समाचार

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७४ माघ २९, ०८: ५४

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७४ माघ २९, ०८: ५४

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...

हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
  • २०७४ माघ २९, ०८: ५४

  १. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...