काठमाडौं । शनिबार टुँडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा विविध रोचक कार्यक्रमहरु सहितको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह २०७४’ सम्पन्न भयो ।
सो समारोहको क्रममा अश्वकलाका विविध रोचक कार्यक्रमहरु राईड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, नेपाली सेना र नेपाल प्रहरीको चार्जर घोडा दौड, साईकल रेश, शो जम्प, क्याभल्री राईड, टेण्ट पेगिङ्ग, क्रस टेण्ट पेगिङ्ग, लान्स हिट प्याक, लान्स सुईरो र क्रिज, स्वर्ड एण्ड वाटरमेलन, लान्स ड्रिल, सुरक्षात्मक कारवाहीमा रिसल्लाको प्रयोग, रेन फ्रि जम्प तथा महिला सिक्स वार, भल्टिङ्ग एण्ड एक्रोब्याटिक्स तथा हर्ष पि.टि., म्युजिकल राइड, क्रसकन्ट्रि र कम्बाईण्ड फायर जम्म तथा ट्रिक राईड प्रदर्शन गरिएको थियो ।
साथै उक्त कार्यक्रममा डग सो अन्र्तगत विविध रोमाञ्चक कलाहरु समेत प्रर्दशन भएको थियो । विभिन्न प्रर्दशनी पश्चात समारोहका प्रमुख अतिथि राष्ट्रपतिद्वारा म्यूजिकल राइडमा प्रथम हुने घोडसवार सह सेनानी मधु शाह र द्वितिय हुने घोडसवार सह सेनानी कृष्ण बासि तथा शो–जम्पमा प्रथम हुने घोडसवार अम. खिलध्वज खड्का र द्वितिय हुने घोडसवार सह सेनानी सज्जनध्वज थापालाई शिल्ड प्रदान गपरएको थियो ।
शनिबार सम्पन्न कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, का.मु. प्रधान न्यायाधीश, नेपाल सरकारका माननीय मन्त्रीहरु, नेपाल सरकारका सचिवहरु, राजदूतहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, पूर्व प्रधानसेनापतिहरु, विभिन्न विदेशी दूतावासका सैनिक सहचारीहरु, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द एवम् अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरु, सञ्चारकर्मीहरु, परिवारजन तथा सर्वसाधारणहरुको समेतको उपस्थिति रहेको थियो ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...