नेपाली सेना भू.पू. सैनिक सम्मेलन टुँडिखेलमा सम्पन्न – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

नेपाली सेना भू.पू. सैनिक सम्मेलन टुँडिखेलमा सम्पन्न

यही चैत्र १७ गते उपत्यका पृतना अन्तर्गत काठमाडौैं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका भु.पू. सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको लागि सैनिक मञ्च, टुँडिखेलमा सञ्चालन भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०७४ एक विशेष समारोहकाबीच प्रधानसेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

प्रधानसेनापति क्षत्रीले सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अवकाश प्राप्त सैनिक व्यक्तिहरुको अवकाश पछिको जीवनमा थप उर्जा ल्याउनको लागि आपसमा भेटघाट गर्ने, सुख दुःख बाँड्ने, अपनत्वको भावना जागृत गराउने, चासोका कुरा सुन्ने र राष्ट्र तथा नेपाली सेनाका लागि भुतपूर्व सैनिकहरुले गरेका समर्पणको यथोचित सम्मान गर्ने हेतुले यस प्रकारको भु.पू. सैनिक सम्मेलनहरुको आयोजना गरिएको जानरकाी दिए ।

सोही क्रममा प्रधानसेनापति क्षत्रीले उपलब्ध श्रोत साधनको परिधिभित्र रही हिताधिकारीहरुको हित र कल्याण होस भन्ने हेतुले “कमाण्ड मार्ग निर्देशन, २०७२” मा उल्लेख भए अनुसार कल्याणकारी कार्यक्रमको पहुँच बढाउने तर्फ केन्द्रित रही अधिकतम संख्यामा बहालवाला, अवकाश प्राप्त तथा आश्रित परिवारका सदस्यलाई सहयोग तथा सुविधा प्रदान गर्ने गरी नयाँ कार्यक्रमहरुको लागि नेपाल सरकारसँग समन्वय र स्वीकृति लिई अगाडी बढ्ने नीति अवलम्बन गरिएको बताए ।

उक्त कार्यक्रममा उनले यस बर्षको भू.पू. सैनिक सम्मेलनको मुख्य थिम “शिक्षा, स्वास्थ्य र स्वःरोजगार” राखिएको र यसमा शिक्षा, स्वास्थ्य र स्वःरोजगारका लागि लघुवित्त कार्यक्रमलाई प्राथमिकता दिईएको बताए । साथै यस प्रकारका सम्मेलनहरुबाट आगामी दिनहरुमा संचालन हुने कल्याणकारी योजनाहरु थप सेवामुखी तथा सहज बनाउन सहयोगीसिद्ध हुने र बहालवाला तथा भू.पू. सैनिक सबैलाई दृढ र एकतावद्ध रहन प्रेरणा मिलेको समेत धारणा व्यक्त गरे ।

उक्त कार्यक्रममा बोर्डका कार्यकारी अधिकृत पदम विलास कार्की (अ.प्रा.) ले स्वागत मन्तव्य राखेका थिए भने भूतपूर्व सैनिकहरुको तर्फबाट दुर्गानाथ अर्यालले (अ.प्रा.) ले धन्यवाद मन्तव्य राखेका थिए । त्यसैगरी वलाधिकृत पूर्णचन्द्र थापाले समापन मन्तव्य राराखी सम्मेलनको समापन गरेका थिए । कार्यक्रम पश्चात प्रधानसेनापति क्षत्रीले सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला, प्रदेश तथा एकल महिलाको प्रतिनिधित्व हुने गरी सम्मलेनमा सहभागी हुनु भएकाहरुसँग सामुहिक छलफल तथा अन्तरक्रिया समेत गरेका थिए । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा माथि उल्लेखित ५ जिल्लाका करिब १८,००० जना भूतपूर्व सैनिक तथा निबृत्तभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनको नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघु वित्त कार्यक्रमका २५ जना ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वाेत्कृष्ट २ जना व्यवसायीलाई पं्रशसा पत्र एवम् पुरस्कार वितरण गरिएको थियो भने अशक्त भूतपूर्व सैनिक र उनका अशक्त परिवारहरुलाई २५ वटा व्हिल चियर वितरण तथा उल्लेखित ५ जिल्ला भित्रका ज्येष्ठ भूतपूर्व सैनिक र निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्येको ज्येष्ठ महिलालाई अभिनन्दन समेत गरिएको थियो ।

सोही कार्यक्रममा प्रधान सेनापति क्षत्रीलाई भूतपूर्व सैनिकहरुको तर्फबाट सम्मान गरिएको थियो भने एकल महिलाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । सम्मान कै क्रममा कल्याणकारी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत चित्र बहादुर गुरुङ (अ.प्रा.), नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र राष्ट्रिय अपाङ्ग पुनः स्थापना समाजका प्रमुख राकेश हमाललाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा स्थानीय युनिटहरुले स्थान बिशेषको झाँकी, खुकुरी नृत्य, मास पि.टी., तेक्वान्दो पि.टी.को प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक व्याण्डले आफ्नो कला समेत प्रदर्शन गरेको थियो । साथै, भूतपूर्व सैनिकहरुबाट मार्चपास्ट तथा पारिवारिक निवृत्तिभरणमा रहनु भएका महिलाहरुले प्लेकार्ड सहितको मार्चपास्ट प्रदर्शन गरेका थिए । उक्त सम्मेलनमा रक्षा सचिव, नेपाली सेनाका वहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, काठमाण्डौं महानगरपालिकाका मेयर, कल्याणकारी बोर्ड तथा अन्य सरकारी एवं गैर सरकारी कार्यालय÷सङ्घ संस्थाका पदाधिकारीहरु, सञ्चारकर्मी लगायत नेपाली सेनाको बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारजनहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७४ चैत्र १९, ०९: ४६

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७४ चैत्र १९, ०९: ४६

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ चैत्र १९, ०९: ४६

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...