छुट्टाछुट्टै दुर्घटनामा परी छ घाइते – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

छुट्टाछुट्टै दुर्घटनामा परी छ घाइते

नयाँ विकल्प

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा भएको छुट्टछुट्टै दुर्घटनामा परी छ जना घाइते भएका छन्। जिल्लाको मध्यविन्दु–१५ र कावासोती–१ मा शनिबार भएका छुट्टाछुट्टै दुईवटा दुर्घटनामा परी छ जना घाइते भएका प्रहरीले जनाएको छ।

शनिबार राति मध्यविन्दु–१५ मा पर्ने अरुणखोला र चोरमाराबीचको जङ्गलमा भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गमा भएको उक्त दुर्घटनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र३–०१–०२४च६३८१ नंको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको रा१ख ७६९ नंको ट्रक एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएका हुन्।

दुर्घटनामा परी ट्रक चालक सल्यानको शारदा नगरपालिका–५ का २६ वर्षीय घनश्याम बुढाथोकी, बोलेरो चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ का २८ वर्षीय मनिष तिमिल्सिना र बोलेरोमा सवार २३ वर्षीय रन्जित माझी घाइते भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरीले बताए।

त्यसैगरी शनिबार राति नै कावासोती–१ रिठ्ठेपानीको भित्री सडकखण्डमा रिठ्ठेपानीबाट कावासोतीतर्फ आउँदै गरेको लु३त ६२१५ नंको ट्र्याक्टर आफैं अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार तीन जना घाइते भएका छन्। दुर्घटनामा परी मध्यविन्दु–६ का २४ वर्षीया सुनिता बोटे, ४५ वर्षीय लालमणि महतो र २५ वर्षीया लक्ष्मी कुमाल घाइते भएका छन्। घाइते सबैको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण १०, १०: ४९

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ श्रावण १०, १०: ४९

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ श्रावण १०, १०: ४९

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...