अब कांग्रेसले वार्ड वार्डमा सहकारी संस्था खोल्ने
काठमाडौंः नेपाली कांग्रेसको सबै तहमा एक व्यक्ति एक पदको व्यवस्था हुने गरी विधान मस्यौदाको तयारी भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको असार ५ देखि ८ सम्म हेटौंडामा भएको राष्ट्रिय भेलाले पारित गरेको विधान संशोधन मस्यौदा प्रस्तावमा पार्टीका सबै तहको कार्य समितिमा रहेका व्यक्ति अर्को तह वा निकायको पदमा रहन नपाउने व्यवस्था गरिएको हो ।
सभापतिहरुको भेलाले स्वीकृत गरेको चार पेज लामो ७ भागमा वाँडिएको बिधान मस्यौदामा सबै गाउँ र नगरपलिकाको वाडमा सहकारी संस्था अनिवार्य स्थापना र संचाल गर्नु पर्ने प्रस्ताव गरेको छ । विधान मस्यौदाको प्रस्तावमा आगामी २ बर्ष प्रशिक्षण विशेष बर्ष घोषणा गरी कार्यक्रम संचालन गर्ने र स्वत प्रतिनिधित्व हुने व्यवस्था सवै तहमा खारेज गर्ने भनिएको छ ।
काठमाडौं कांग्रेसका सभापति सबुज वानियाँका अनुसार महासमिति सदस्यले मात्र केन्द्रीय सदस्यमा उम्मेदवारी दिन पाउने प्रावधान बिधानमा राख्न प्रस्ताव गरिएको छ। पार्टी विधानमा गरिनु पर्ने अन्य संशोधन र परिमार्जनमा भातृ संस्थाको रुपमा नेपाल लोकतान्त्रिक राष्ट्रिय उद्योग वाणिज्य संघ र नेपाल सेवा निवृत राष्ट्रसेवक कर्मचारी संघ गठन गर्ने भनिएको छ ।
प्रस्तावमा तोकिएको मितिमा अधिवेशन र महाधिवेशन नगर्ने भातृ तथा भागिनी संस्थालाई विघटन गरी अधिवेशन आयोजक समिति गठन गर्नुपर्ने, पार्टीको मर्यादाक्रम तत्काल निर्धारण गर्नुपर्ने, लेखापरिक्षण र अनुगमनलाई नियमित गर्नुपर्ने, एकै व्यक्ति लगायतार २ पटक केन्द्रीय कार्य समिति र जिल्ला कार्य समिति सभापतिमा रहन नपाउने व्यवस्थालाई सबै तहको सभापतिको हकमा कायम गर्ने भनिएको छ ।
सभापतिको भेलाले आरक्षण प्रणलीबाट आएको एउटै व्यक्ति बढीमा २ पटकभन्दा बढी कुनै पदमा रहन नपाउने, एउटै निर्वाचन क्षेत्रबाट एउटा व्यक्ति २ पटक भन्दा बढी टिकट लिन नपाउने, एकै व्यक्ति समानुपातिकमा एक पटक मात्र उठ्न पाउने र समानुपातिकको प्रतिनिधित्व गर्दा कुनै जिल्लालाई छुटाउन नपाउने गरी बिधान संशोधन गर्न माग गरेका छन् ।
सभापतिहरुले जिल्ला कार्य समितिको सभापतिले २५ प्रतिशत सदस्य मनोनित गर्न पाउने अधिकार सुरक्षीत गरिनु पर्ने, सबै तहका निवर्तमान सभापति सोही तहको वरिष्ठ नेता हुने, पार्टी सदस्यता चार प्रकारको हुने भनिएको छ। पस्तावमा प्रारम्भिक, कृयाशील, विशिष्ट र मानार्थ गरी चार प्रकारको सदस्यता हुने भनिएको छ ।
क्रियाशिल र विशिष्ट क्रियाशिल सदस्यलाई लेवीको व्यवस्था गर्नुपने, क्रियाशिल सदस्यता वितवरण कार्यलाई सदैव खुल्ला राख्ने, क्रियाशिल सदस्यता नम्वर एक पटक कायम भएपछि त्यसलैलाई कायम गर्ने र अधिवेशन प्रक्रियाका लागि क्रियाशिल सदस्यता लिएको एक बर्ष पुरा हुनु पर्ने र पहिलो पटक क्रियाशिल सदस्यता लिएको व्यक्ति पार्टी समितिको पदाधिकारी हुन नसक्ने प्रस्ताव गरिएको छ ।
प्रस्तावमा मतदाता नामावली भएको ठेगानबाट मात्र क्रियाशिल प्रमाणपत्र लिन पाउने व्यवस्था गर्नु पर्ने, पार्टीमा विशेष योगदान गर्ने विशिष्ट व्यक्तिहरु, राष्ट्रिय, अन्तराष्ट्रिय ख्याती प्राप्त व्यक्तिलाई सदस्यता दिन सकिने भनिएको छ । पार्टीको संरचना सम्वन्धमा जिल्ला समितिका नौं वटै प्रदेश तहहरु कायम गर्ने, जसमा साविकको गाविसका वडाहरुमा प्रारम्भिक कार्य समति न्युनतम २१ जना, मतदान केन्द्र कार्य समिति, न्युनतम संख्या २१ जना, वडा कार्य समिति न्युनतम संख्या २१ जना, गाउँ वा नगरपालिका कार्य समिति न्युनतम ३१ देखि ५१ जना हुने प्रस्ताव गरिएको छ ।
उनीहरुले प्रादेशीक क्षेत्रिय कार्य समिति ३१ जना, संघीय क्षेत्रीय कार्य समिति, जिल्ला कार्य समिति ( समिति संख्या एक संघीय निर्वाचन क्षेत्रमा ५१ र प्रत्येक थप संघीय निर्वाचन क्षेत्र अनुसार १० का दरले बृद्धि गर्ने), प्रदेश कार्य समिति न्युनतम संख्या ६१ जना, र केन्द्रीय कार्य समिति, २ सय ५१ हुने र प्रत्येक जिल्लाबाट प्रतिनिधित्व हुने गरी, हुने प्रावधान बिधानमा राख्न प्रस्ताव गरेका छन् ।
पार्टीले जिल्ला, प्रदेश र संघमा उम्मेदवार चयन गर्न संसदीय वोर्ड गठन गर्ने र मातहतको टिकट वितरण गर्ने अधिकार दिनु पर्ने सभापतिहरुको सुझाव रहेको छ ।
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...