
नयाँ विकल्प
गलेश्वर- म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन्। बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आज विहान आगलागी भएको हो। आगलागीबाट मानवीय क्षति भएको छैन।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिए।
आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो। डेरी पसलभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने जनाइएको छ।
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा पूर्वसभापति शेर वहादुर देउवाले दायर मुद्धामा सर्वोच्च अदालतले पुनरवलोकन गर्ने निर्णय गरेसंगै कांग्रेसको राजनीति...
१. नेपालीकांग्रेसको आगामीमहाधिवेशनकहिले हुुन्छ ? नेपालीकांग्रेसको विवादले नयाँआकार लिनथालेको छ । सामान्यतयाअहिलेभन्दापनि धेरै ठुला संकटको सामना गरेर आजको अवस्थासम्म...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको...