नेपाल पत्रकार महासंघ लुम्बिनी बैठकको निर्णय यस्तो छ – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

नेपाल पत्रकार महासंघ लुम्बिनी बैठकको निर्णय यस्तो छ

नेपाल पत्रकार महासंघको साउन २३÷२४ गते लुम्बिनीमा बसेको पूर्ण बैठकले १३ बुंदे निर्णय गरेको छ । महासंघका महासचिव रमेश विष्टद्वारा जारी गरिएको विज्ञप्तिमा विशेषगरी भाद्र १ गतेदेखि लागु हुने फौजदारी संहिता २०७४ र मुलुकी (देवानी) संहिता २०७४ को बारेमा बैठक केन्द्रीत भएको उल्लेख छ ।

बैठकका निर्णयहरु

१. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनसहितका महासंघको धुलिखेल र जनकपुर बैठकबाट पारित नीतिगत प्राथमिकता र कार्ययोजनाहरुका आधारमा प्रभावकारी ढंगले अघि बढ्ने निर्णय गरेको छ ।

२. मिडियासम्बन्धी कानूनहरुलाई नीतिगतरुपमा एकरुपता दिनुका साथै प्रेस स्वतन्त्रतामैत्री कानून निर्माणको सुनिश्चितता गर्न केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारहरुसँग जोडदार माग गरिएको छ । संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने गरी पत्रकार र आमसञ्चारमाध्यमका लागि विशेष संरक्षण कानून निर्माणमा महासंघ ध्यानाकर्षण गरने निर्णय गरेको छ ।

३. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गर्न महासंघद्वारा मस्यौदा गरिएको आमसञ्चार माध्यमसम्बन्धी नमूना ऐनलाई लागु गर्न माग गरिएको छ,

४. न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको न्यूनतम पारिश्रमिकमा तत्काल वृद्धि गरी श्रमजीवी पत्रकार ऐन अविलम्ब कार्यान्वयन गर्न महासंघ जोड दिएको छ ।

५. सरकारी सञ्चार माध्यमसहित विभिन्न सञ्चार माध्यमबाट निष्कासित÷नवीकरण नगरिएका पत्रकारहरुलाई तत्काल पुनर्वहालीको लागि दबावमूलक ढंगले पहल गर्ने निर्णय गरेको छ ।

६. मुलुकी (फौजदारी) संहिता २०७४ तथा मुलुकी (देवानी) संहिता २०७४ का केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेकाले यसलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन माग गरिएको छ ।

७. विगत एक वर्ष भित्र प्रेस स्वतन्त्रता उल्लंघनका ५९ घटनामा ९० पत्रकार तथा सञ्चार संस्थाहरु पीडित भएकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएकोले त्यस्ता घटनाहरुलाई न्यूनिकरण गर्न र प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नमाथि कारवाही गर्न माग गरिएको छ ।

८. पत्रकारहरुका लागि स्वास्थ्य सेवामा ५० प्रतिशत छुट सहित पत्रकारको स्वास्थ्य बिमा र सबै खाले सामाजिक सुरक्षा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा तत्काल लागु गर्न बैठक सरकारसँग माग गरेको छ ।

९. आगामी भदौ १ देखि मंसिर १५ सम्म नेपाल पत्रकार महासंघको शाखाहरुको साधारण सभा सम्पन्न गर्ने निर्णय निर्देशन दिएको छ ।

१०. पत्रकारिताको व्यावसायिक शुद्धता र जिम्मेवार पत्रकारिताका लागि देशैभर पत्रकार आचारसंहिता जागरण कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

११. ज्येष्ठ तथा अपांगता भएका पत्रकारहरुको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको छ ।

१२. साना लगानीका र स्वरोजगारमूलक सञ्चारमाध्यमको विकास र संरक्षणका लागि महासंघले आवश्यक पहल लिने निर्णय गरेको छ ।

१३. नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चौथो पूर्ण बैठक बुद्ध जन्मभूमी लुम्बिनीमा आयोजना गर्न संयोजन तथा सहयोग गर्ने नेपाल पत्रकार महासंघ रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला शाखाका साथै प्रदेश नं ५ समिति लगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन समेत प्रदान गरेको छ ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७५ श्रावण २८, ०८: ५६

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७५ श्रावण २८, ०८: ५६

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७५ श्रावण २८, ०८: ५६

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...