हृदयविदारक घटनाः जसले आफु ठूलो खतरामा हुँँदाहुँदैपनि आमाको साथ छोडेन – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

हृदयविदारक घटनाः जसले आफु ठूलो खतरामा हुँँदाहुँदैपनि आमाको साथ छोडेन

लुसाका । जाम्बियाको ठूलो जंगलमा एउटा बयस्क भोको चितुवाले बाँदरको टाउको निल्छ । बाँदरको बच्चा भने कति बेला आमाले खानेकुरा खुवाउँछिन भनेर आमाको मृत शरिरमा झुन्डिरहेको छ । साउद लुवांगवा नेसनल पार्कको घटना हो यो ।

१४ अक्टोबरमा खिचिएको यो तस्विर अहिले सामजिक सञ्जालमा निकै भाइरल बनेको छ । यो हृदयविदारक क्षणलाई बन्यजन्तुसम्बन्धीका पत्रकार साफिक मुल्लाले खिचेका थिए । चितुवाले सुरुमा आमालाई झम्टिन्छ । झम्टिएको देखेरपनि बच्चा आमाकै शरिरमा झुन्डिरहेको छ । आमाको साथ नछोडेपछि बाँदरको बच्चालाई पनि चितुवाले मारेको थियो ।

यस्तो हो घटना
हृदयविदारक तस्बीरमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा आफ्नी आमाको मृत शरीर च्यापेर बसिरहेको देख्न सकिन्छ । आमाको टाउको चितुवाको मुखभित्र छ । आफैँ ठूलो खतरामा परिरहँदा पनि बच्चाले आमाको साथ छाड्न सकिरहेको छैन ।

अन्ततः सो चितुवाले त्यो बच्चालाई पनि खाइदिन्छ । यो तस्बीरले प्रकृतिको क्रुर वास्तविकता देखाएको छ । यो दुर्लभ तस्बीर कैद गर्ने पत्रकार भन्छन्, ‘दीगो वातावरण कायम राख्न तथा बाँच्नका लागि पनि जनाबरहरु अरुका लागि मर्नु पर्छ ।’

चितुवा फेलिडी परिवार अन्तर्गत पर्ने यो जङ्गली जनावर ‘Big Cat’ समुहको बाघ, सिंह र जगुआर पछिको चौथो ठूलो जनावर हो । कुनै समय पूर्वी र दक्षिणी एसिया र अफ्रिकाका भूभागहरू साइबेरिया देखि दक्षिण अफ्रिका सम्म पाइने यो जनावर वासस्थानको अभाव र अवैद्य शिकारसंगै अस्तित्व संकटमा पुगेको छ ।

वर्तमान अवस्थामा मुख्यगरी अफ्रिकाको सहारा क्षेत्रमा सिमित भएको यो जनावर पाकिस्तान, भारत, श्रीलङ्का, नेपाल, मलेशिया र चिनका भूभागमा पाइन्छ । दिन प्रतिदिन यसको सङ्ख्या घट्दै गइरहेको छ । फेलिडी परिवारका अन्य जनावरको तुलनामा चितुवाको खुट्टा केही छोटो भएपनि यसको जीऊ केही लामो र खप्पर केही ठूलो हुन्छ ।

झट्ट हेर्दा अमेरिका तिर पाइने जगुआर जस्तै देखिएपनि यो केही सानो र छरितो शरीरको हुन्छ । यसको शरीरमा हुने पाटाहरू पनि जगुआरको जस्तै देखिन्छन्, तर चितुवाको शरीरका पाटाहरू केही बाक्लो अनि साना हुन्छन् र जगुआरको शरीरमा जस्तो केन्द्रित पाटाहरू पनि हुदैनन् । शरीरमा यस्ता पाटाहरू नभई पूर्ण रूपमा कालो रङ्ग भएका चितुवाहरूलाई प्यान्थर भन्ने गरीन्छ ।

चितुवा एक सफल शिकारीको रूपमा चिनिन्छ । वासस्थानमा राम्रो अनुकुलन क्षमता, ५८ किमी प्रति घण्टाको रफ्तारमा दौडने क्षमता र तुलनात्मक रूपमा निकै ठूला शरीर भएका शिकारलाई समेत सजिलै बोकेर रूखमा चढ्नसक्ने क्षमताका कारण शिकारको मामलामा अन्य जनावर भन्दा चितुवा निपुर्ण मानिन्छ ।

आफूले समाउन सक्ने र शिकार गर्नसक्ने जुनसुकै जनावरलाई पनि यो जनावरले आफ्नो आहार बनाउने गर्दछ । चितुवाको वासस्थान समशितोष्ण जङ्गलहरू देखि मरुभूमिसम्म फैलिएको छ । एजेन्सी

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७८ कार्तिक ९, १२: २९

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको घुइँचो
बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै, शक्तिपीठहरूमा भक्तजनको घुइँचो
  • २०७८ कार्तिक ९, १२: २९

काठमाडौँ — नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज (सोमबार) नवदुर्गा भवानीको दोस्रो रूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७८ कार्तिक ९, १२: २९

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...