वरिष्ठ पत्रकार राचन्यौको निधन – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

वरिष्ठ पत्रकार राचन्यौको निधन

काठमाडौं । स्तम्भकार एवम् गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक रामचन्द्र न्यौपानेको ८४ वर्षको उमेरमा निधन भएको छ । ‘राचन्यौ” को नामबाट स्तम्भ लेखेर चर्चामा पुग्नु भएका वरिष्ठ पत्रकार यस साप्ताहिकमा पनि लामो समयसम्म स्तम्भकारका रुपमारहनु भएको थियो ।

लामो समयदेखि उच्चरक्तश्रावका पीडित न्यौपानेको भाद्र ५ गते राती सुतिरहेको अवस्थामा काठमाडौं लैनचौरस्थित आप्mनै निवासमा निधन भएको हो । लामो समयसम्म गोरखापत्रको विभिन्न पद सम्हाल्दै प्रधानसम्पादकबाट निवृत्त हुनुभएका न्यौपाने जनसत्ता साप्ताहिकका सम्पादकको रुपमा २०५१ सालदेखि कार्यरत रहनुभएको थियो ।

नेपाली पत्रकारिता क्षेत्रमा एक निर्भिक, कुशल र अनुभवी अभिभावक नेपाली पत्रकारिता क्षेत्रले गुमाउनु परेको यस दुःखद् घडीमा स्व. न्यौपानेप्रति यस नयाँ विकल्प साप्ताहिक परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै नेपाल पत्रकार महासंघ लगायत विभिन्न पत्रकारितासँग सम्बद्ध संघसंस्थाहरुले न्यौपानेको निधनप्रति दुःख व्यक्त गर्दे शोक वक्तव्य जारी गरेका छन् ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७५ भाद्र ११, ०९: ५८

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७५ भाद्र ११, ०९: ५८

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७५ भाद्र ११, ०९: ५८

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...