पर्सा सम्वाददाता, सिमरा÷नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्र द्धारा जारी आगत र विगतका र्आिक वर्षका प्रगति विवरणसंगै यस कार्यालयमा नया नौलो सेवाग्राहीलाई चाहिने सुविधायुक्त विषयहरुको व्यवस्थाप न गर्दै रहेको बताईन्छ ।
यस प्राधिकरणमा प्रमुखको रुपमा रहनु भएको इन्जिनियर रोहिणी पौडेलकाअनुसार नयाँ नयाँ स्कीम र कार्यक्रमहरु सेवाग्राहीहरुलाई दिने लक्ष्य रहेको छ । जस अनुसार मोवाईल सेवाअन्तर्गत विद्युतप्राधिकरण सिमराको सेवाग्राहि सम्बन्धि सवै खाले गतिविधि तथा सुचना हरु सेवाग्राहिहरुको मोवाईलमा मेसेको रुपमा पठाउने माध्यम गरिने रहेको छ ।
यस विद्युत प्राधिकरण सिमरामा आउने सबैखाले सेवाग्राहीहरुलाई छिटो छरितो सहज सुलभ सरल तरिकाबाट सेवा प्रदान गर्दै आउन थालेको छ । यस कार्यालय को काम गर्ने वातावरणमा कमि आउन नदिन तिन सय पैसठी दिनमा तिन सय पचासै दिन कार्यालय प्रमुख पौडेललाई भेट्न सक्ने वातावरण बनाइएको छ ।
गत वर्ष कार्यालयका प्रमुख पौडेल आर्थिक वर्षभरि जम्माजम्मी छ दिनमात्र विदा बसेको रेकर्ड देख्न सकिन्छ । लिनु कार्यालय सम्पादनमा कुनै किसिमको समस्या र कमिकमजोरी हुन नदिन कार्यालय समयमा सबै कर्मचारीहरुलाई विशेष निगरानीमा राख्न सिसिटिभी प्रत्येक कोठामा जडान गरिएको छ ।
गत आर्थिक वर्ष रअघिल्लो आर्थिक वर्षको प्रगति विवरण अनुसार प्राधिकरणको प्रत्येक कृयाकलाप संगै परिणाम हरु असल र प्रगतिशिल देखिन्छ । कार्यालय बाट प्राप्त प्रगति विवरण का तथ्यांकको जानकारी अनुसार राजस्व घाटा घटेको छ । आर्थिक वर्ष ०७३।०७४ मा ४.८४ प्रतिशत घाटा थियो भने आर्थिक वर्ष २०७४।०७५ मा २ प्रतिशत मात्र घाटा रहेकोछ ।
प्राधिकरणले असुली उपर गरेको राजस्वमा अघिल्लो आर्थिक वर्ष ०७३।०७४ मा २१९२, ९९८००० रुपैया असुली भएकोले थियो भने गतआर्थिक वर्ष २०७४।०७५ मा २७२८७३२००० राजस्व असूली वढी भएको छ । त्यसै गरी केहि सेवाग्राहिहरुले पैसा बुझाउने जिम्मेवारी न गर्दा काटिएका ति विजुलीलाई फेरि जोडाउन आउने वाट असुल भएको राजस्व अघिल्लो आर्थिक वर्ष २०७३।०७४ मा ९४९४००० रुपैया रहेकोमाआर्थिक वर्ष २०७४।०७५ मा १६५३४००० रुपैया राजस्व बढी असुली भएको देखिन्छ । रि कनेक्सन गर्दा अघिल्लो आर्थिक वर्षमा ५२५००० सेवाग्राही थिए भने गत आर्थिक वर्षमा७५७००० जनाले विजुली लाईन जोड्न स्वस्र्फत वृद्धि भएको देखिन्छ ।
त्यसै गरि विजुली लाईन काटिएको तुलनामा आर्थिक वर्ष ०७३।०७४ को ५३२३००० रुपैया असुली भएकोमा आ.व. ०७४।०७५ मा १०४९३००० रुपैया बढी राजस्व असुली भएको छ । विजुली काटिएको तुलनागर्दा आ.व. ०७३।०७४ मा ४७० मिटर लाइृर््न काटिएको रहे तापनि आ.व. ०७४।०७५ मा ८३७ घर धुरीका लाईन काटिएको बताईन्छ ।
प्रायः विजुली लाईन चोरी गर्ने हुकिंग र मिटरलाई विगारेर राजस्वमा धक्का पुर्याउने, चोरी गर्ने विद्युतीय अपराधमा प्रक्राउ परेका व्यक्तिहरुलाई गरिएको कारबाहीबाट आ.व. ०७३।०७४ मा १५९००० रुपैयाँ संकलन भएको देखिन्छ । पौडेलको सकृयतामा आ.व. ०७४।०७५ मा ३८००००० रुपैया बढी राजस्व असुल भएको प्रगति देखिएको छ ।
त्यसैगरि आ.व. ०७३।०७४ को तुलनामा गल्लीको बत्तीसँगै सम्पुर्ण विद्युतको राजस्व असुली जोडद आर्थिक वर्ष २०७४।०७४ को रिपोर्टमा १०१।५ प्रतिशत राजस्व असुली बृद्धि भएको देखिन्छ । समग्र रुपमा सिमरा विद्युत प्राधिकरणको हालआर्थिक प्रगति उपलब्धिमूलक देखिएको छ भने नयाँ सोच तथा सुविधालाई परिमार्जित गर्दै सेवाग्राहीहरुलाई राम्रो सेवा दिने लक्ष्य रहेको कार्यालय प्रमुखले बताए ।
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...