तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगो हावाका कारण पुनः फैलियो – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगो हावाका कारण पुनः फैलियो

सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा लागेको गएराति आफैँ नियन्त्रणमा आएपनि हावाका कारण अहिले फेरि फैलिन सुरु छ ।

नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ नाक्चुङमा रहेको हरियाली सामुदायिक वनमा आइतवार बेलुकादेखि सुरु भएको डढेलो शीतका कारण सोमवार राति आफैँ नियन्त्रणमा आए पनि तीव्र गतिको हावाको वगेका कारण फेरि फैलिन सुरु गरेको जानकारी दिए ।

स्थानीयका अनुसार यस क्षेत्रमा तीव्र गतिको हावाको वेगका कारण प्रहरीसहित फायर फाइटिङ हेलिकप्टर र स्थानीयवासीले नियन्त्ररण गर्न नसकेको आगोे शीतलहरका कारण आफैँ नियन्त्रणमा आएको र फेरी हावा चल्न सुरु भएसँगै नाकचुङ गाउँबाट पुनः आगो फैलिन सुरु भएको बताए ।

उक्त क्षेत्रमा फैलिएको आगोका कारण सल्ला, उत्तिसलगायतका विभिन्न प्रजातिका बोटबिरुवाहरु नष्ट भएको र आगलागीको यकिन कारण पत्ता नलागेको बताइएको छ ।

सम्बन्धित समाचार

वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७८ फाल्गुन २४, १२: ४८

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७८ फाल्गुन २४, १२: ४८

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...

यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
  • २०७८ फाल्गुन २४, १२: ४८

काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...