हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको अन्तराष्ट्रिय ‘ब्राण्डिङ’ गरिँदै – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको अन्तराष्ट्रिय ‘ब्राण्डिङ’ गरिँदै

पाल्पा । पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवद्र्धन लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका, युके एडको सीप नामक परियोजना र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिका लागि साझेदारी’ कार्यक्रम मार्फत ‘ब्राण्डिङ’ गरिँदैछ ।

पाल्पाली ढाकालाई ‘ब्राण्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुआत गरिएको र ब्राण्डिङ नै गरेर पाल्पाली ढाका कपडा चिनाउने अभियानमा जुटेको तानसेन नगरप्रमुख अशोककुमार शाहीले बताए ।

उनले विश्वमा अहिले हस्तकलाका माध्यमबाट उत्पादित सामाग्रीहरु पाउन असजिलो भइरहेको परिपक्षमा नेपाल र नेपालीको ब्राण्डका रूपमा पाल्पाली ढाकाले विदेशमासमेत पहिचान बनाएको जानकारी दिए ।

यस अभियान अन्तर्गत जिल्लामा हस्तकलाका माध्यमबाट उत्पादित ढाका कपडा देशभर उपलब्ध गराइने र सङ्घले निश्चित गुणस्तरसहित ब्राण्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको बताइएको हो ।

हातबाट बनेको कपडाको गुणस्तर पनि उत्कृष्ट रहदै आएकोले कपडालाई अझ बढी प्रचार–प्रसार गर्न सके उद्यमी र व्यापारीलाई मात्र होइन, नेपालकै अर्थतन्त्रमा समेत सहयोग पुग्ने बताइएको छ ।

पहिले उद्योगमा दक्ष कामदार नभएकोले बन्द भएपनि सीप परियोजनाको सहयोगमा अहिले उद्योगहरु सञ्चालनमा आएको एक उद्योगीले बताए । आकर्षक ढाका कपडा उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा आउनाले नेपाल र नेपाली बजारमा उत्पादन हुने सामाग्रीहरु विश्व बजारमा पुग्ने उनको भनाइ छ ।

पाल्पाली ढाका कपडा पाल्पाको मौलिक पहिचान हो । पाल्पा ढाका उद्योगी सङ्गठित भएपछि ढाका कपडा उत्पादन, विविधिकरण, तयारी पोशाक, बजारीकरणमा परियोजनाले सहयोग गरेपछि ढाका कपडाको उत्पादनमा वृद्धि भएको ढाका उद्यमी मनोज पौड्यालले जानकारी दिए ।

हस्तकलाको माध्यमबाट पछ्यौरा, टोपी, टाइ, कुर्ता, कोट तथा पर्दाका लागि ढाका कपडा उत्पादन हुन्छ । फुर्सुदका समयमा यहाँका महिला उद्योगमा ढाका कपडा बुन्ने गर्दछन् । घर खर्च, परिवारको लालनपालनका केही खर्चको व्यवस्थापन गर्न सहज भएको महिलाहरुले बताएका छन् । महिलाहरू सामान्य खर्चका लागि अरुको भर पर्ने दिनहरु ढाका कपडा बुन्न थालेपछि हटेको बताउछन् ।

सम्बन्धित समाचार

६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
  • २०७८ फाल्गुन २६, १२: १४

काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
  • २०७८ फाल्गुन २६, १२: १४

काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
  • २०७८ फाल्गुन २६, १२: १४

जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...