
काठमाडौं । टर्कीको अन्तालियामा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्का र गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग बिहीबार द्विपक्षीय भेटवार्ता भएको छ ।
अन्तालिया कूटनीतिक मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीमा रहेका खड्का र टर्कीका विदेशमन्त्री काभुसोग्लुको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी सहयोग र दुई मुलुकबीच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न सहमति जनाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
भेटवार्तामा परराष्ट्रमन्त्री खड्काले युक्रेन र रसियाको युद्धकाबीच रसियाका विदेशमन्त्रीलाई वार्ताको टेबुलमा ल्याउन टर्कीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै कूटनीति र वार्ताको माध्यमबाट नै जारी द्वन्द्वलाई दिगोरुपमा समाधान गर्न सकिने विश्वास व्यक्त गरेका थिए ।
त्यस्तै बिहीबार नै परराष्ट्रमन्त्री खड्का र बहराइन अधिराज्यका विदेशमन्त्री अब्दुललातिफ बिन रसिद अल जायनीसँग भेटवार्तामा बहराइनमा रहेका नेपाली आप्रवासी कामदारको रक्षा गरेकामा बहराइन सरकारको सराहना गरे ।
टर्कीमा रहेको परराष्ट्रमन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई विभिन्न क्षेत्रका टर्कीका उद्यमीहरूको समूहले छलफलका लागि स्वागत गरेको थियो भने छलफलमा भाग लिँदै नेपाली प्रतिनिधिमण्डलले दुई देशबीचका सम्भावित व्यापारमा सहकार्यका लागि व्यवसायीहरूसँग आग्रह गरेको थियो ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...