
काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसन निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म भएको मतगणनामा सत्तारुढ नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) जित नजिक पुगेको छ भने नेकपा एमाले निकट संस्थाबाट अध्यक्षमा उठेका सुरज लामिछाने दोस्रो स्थानमा रहेका छन् ।
कूल २१ हजार मतदाता रहेकोमा १० हजार १९३ मत खसेकोमा अहिलेसम्म ९ हजार ७७ मत गणना गरिसकेको बताइएको छ । अहिलेसम्मको मत गणनामा सिडेकबाट अध्यक्ष पदमा उठेका हरिबहादुर दर्लामीले ३ हजार ६६९ मतले अग्रता लिएका छन् ।
यता एमाले निकट संस्थाबाट अध्यक्षमा उठेका सुरज लामिछानेले ९१० मतले पछ्याइरहेका छन् । उनले २७५९ मत ल्याएका छन् ।
त्यस्तै मतगणनामा अहिलेसम्म सबै पदहरुमा सिडेककै अग्रता रहेको बताइएको छ । महासचिवमा सिडेनका रविभूषण झाले ३७५८ मत ल्याएर अग्रता लिइरहका छन् ।
सिडेनबाट महासचिव पदका झाले लगभग सम्पूर्ण मतगणना लगभग अन्तिममा रहेको र सबै तर्फ आफुहरुको जित सुनिश्चित रहेको बताए ।
त्यस्तै प्रदेशतर्फको निर्वाचनमा पनि सिडेनका पदाधिकारीहरुले नै जित हासिल गरेको उनले बताए । अहिलेसम्म ७ मध्य ५ प्रदेशको नजितामा आफ्नो प्यानलले नै जितेको बताए ।
काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...
काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...
जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...