डुबान तथा बाढी व्यवस्थापन समितिको संयुक्त बैठक काठमाडाैंमा सम्पन्न – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

डुबान तथा बाढी व्यवस्थापन समितिको संयुक्त बैठक काठमाडाैंमा सम्पन्न

काठमाडौं । भारत–नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक फाल्गुण २५ देखि २९ गते सम्म नेपालमा सम्पन्न भएको छ ।

बैठक, भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशील चन्द्र आचार्यको सह–अध्यक्षतामा सम्पन्न भएको हो । काठमाडाैंमा सम्पन्न उक्त बैठककाे निर्णय माइनुटमा दुबै पक्षले हस्ताक्षर गरी समापन गरेकाे हाे ।

सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापन गर्नु समितिको कार्यक्षेत्र भित्र पर्ने भएकाले संयुक्त समितिले भारत–नेपाल सीमाका विभिन्न स्थान भएर बग्ने नदीहरूकाे स्थलगत भ्रमणसमेत गरेकाे थियाे ।

सम्बन्धित समाचार

बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
  • २०७८ चैत्र १, १८: ३३

बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...

टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
  • २०७८ चैत्र १, १८: ३३

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...

मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
  • २०७८ चैत्र १, १८: ३३

काठमाडौं : पूर्वमधेश प्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई उक्त...