ड्रोनभित्र सुन लुकाएर ल्याएको आरोपमा विमानस्थलबाट एक जना पक्राउ – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

ड्रोनभित्र सुन लुकाएर ल्याएको आरोपमा विमानस्थलबाट एक जना पक्राउ

काठमाडौँ । ड्रोनभित्र सुन लुकाएर ल्याएको आरोपमा अमेरिकाबाट नेपाल आएका भुटानी शरणार्थी पक्राउ परेका छन् । बिहीबार प्रहरीले त्रिभुवन विमानस्थलबाट अनिषहाङ बहिङ राईलाई पक्राउ गरेको हो ।

ड्रोन ह्यान्डब्यागमा बोकेर ल्याएका राईले ब्यागलाई एक्सरे मेसिनमा हाल्न नमानेपछि कर्मचारीले ब्यागलाई शंका लागेर मेसिनमा हाल्दा शंकास्पद वस्तु देखिएको र पछि हेर्दा ड्रोनको लेन्सनिर सुनको बिस्कुट भेटिएपछि राईलाई पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेसंगै विमानस्थल प्रहरी र कर्मचारी उनका बाँकी लगेज पनि चेक गरेका थिए । प्रहरीले उनको लगेजमा रहेको जुत्ताभित्रको भागबाट पनि चाँदीको जलप लगाइएको धातु र पाँच वटा फोनहरु बरामद भएको जानकारी दिएको छ ।

पक्राउ परेका राईलामाथि अनुसन्धान अघि बढेको भन्सार कार्यालयले जनाएको छ भने उनलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ ।

सम्बन्धित समाचार

वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७८ चैत्र ४, १६: ४१

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७८ चैत्र ४, १६: ४१

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...

यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
  • २०७८ चैत्र ४, १६: ४१

काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...