
काठमाडौं । तीन क्यासिनोलाई बन्द गराउन पर्यटन विभागले गृहमन्त्रालयलाई पत्राचार गरेको छ । बक्यौँता रकम नतिर्ने तीन क्यासिनो बन्द गराउन विभागले पत्राचार गरेको हो ।
यसअघि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौँता रकम बुझाउन पाँच दिने अल्टिमेटम दिएका थिए ।
उत्त अवधिमा रकम नबुझाएका कारण विभागले सूचना प्रकाशित गरी क्यासिनो बन्द गराउन गृहमन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको बुझिएको छ ।
रक इन्टरनेशनल प्रालिबाट ३० करोड ३८ लाख, ह्याप्पी आवरबाट ३० करोड १७ लाख र ओरियन्टल होटल्सबाट ३० करोड उठाउन बाँकी रहेको पर्यटन विभागले जनाएको छ ।
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...
काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...