पूर्व राजावादीहरुलाई तह लगाउँछौंः ओली – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

पूर्व राजावादीहरुलाई तह लगाउँछौंः ओली

काठमाडौं । पूर्व राजावादीहरुले अनेक षड्यन्त्र गरिरहेको आरोप लगाउदै यो चुनावमा तह लगाउने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

नुवाकोटको बट्टार बजारमा आयोजित जनसभामा बोल्दै अध्यक्ष ओलीले आफू र आफ्नो दलविरुद्ध पूर्व राजावादीहरु लागेको आरोप लगाए ।

एमालेप्रति जनताको साथ देखेर अत्तालिएकाहरुले आफ्नो जिल्ला र नगरपालिकामा पूर्व राजावादीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने भनेर अर्को षड्यन्त्र बुनिरहेको जिकिर गरे ।

यसका साथै उनले सर्वोच्च अदालतबाट बनेको गठबन्धनको सरकारले एमालेलाई घेराबन्दी गर्न खोजेको टिप्पणी गरे । एमाले एकक्षणका लागि मात्र प्रतिपक्षमा भएको र अब चुनावपछि फेरि सत्तामा जाने दाबी गरे।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७९ बैशाख ३, ०८: १७

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ बैशाख ३, ०८: १७

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७९ बैशाख ३, ०८: १७

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...