
काठमाडौं । गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको १०औं केन्द्रिय महाधिवेशन र बिश्व सम्मेलनबाट नयाँ जिम्मेवारी पाएका तीन जना अध्यक्ष कुल आचार्य, रबिना थापा, डा. बद्रि केसी र आइसीसी पदाधिकारी तथा सदस्यहरुलाई बधाई एवं शुभकामना दिने कार्यक्रम सम्पन्न भएको छ ।
२७ अप्रिल २०२२ बुधवारका दिन नेपाली समय अनुसार दिउंसो ५ बजे भर्चुअल (जुम) मार्फत उक्तत कार्यक्रम सम्पन्न भएको हो । सेभ द एनआरएनएको आयोजनामा भएको “एनआरएनए अभियानलाई एकताबद्द गरौं” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
एनआरएनए पूर्व आइसीसी पदाधिकारी अष्ट्रेलियाका कृष्ण गिरीको संयोजन रहेको कार्यक्रममा यूवराज गुरुङ, पूर्ण हमाल (यूरोप), सुर्दशन थापामगर, गिरीराज कुँवर (एशिया) खेमराज बस्नेत (मध्यपूर्व), केशव बराल (अमेरीका), हिकमत थापा (अप्रिकाका)ले सहयोग गरेका थिए ।
सेभ द एनआरएनएका अभियन्ता अष्ट्रेलियाका दिलिप पोखरेलले प्राबिधिक भूमिका खेलेका थिए । १० औं विश्व सम्मेलनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरुले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट अहिलेसम्म गरेका राम्रा
नराम्रा गतिविधिहरुको जिम्मेवारी लिनुपर्ने, दशौँ विश्व सम्मेलन समयमा सम्पन्न गगरेको, सहज वातावरण सिर्जना गर्न सम्मेलन सफल भएको, गल्ती कमीकम्जोरी प्रति आत्मालोचना, विगतमा भएको प्रतिनिधि चयनमा विवादलाई समझदारीमा निराकरण
गर्दै समझदारी र सहकार्यकासाथ अघिबढ्ने प्रण गरेको, वार्तामार्फत् सबैको सहमतिमा एकताको दशौँ महाधिवेशन सम्पन्न भएकोमा खुशी व्यक्त गरे । बिभाजनको संघारमा पुगेको एनआरएनएलाई एकताको सुत्रमा बाध्न सफल भएकोमा तीनै जना
अध्यक्षलाई संसारभरीबाट बधाइको ओइरो लागेको थियो । भर्चुअल मिटिङबाट सिङ्गो नेपाली डायस्पोराका सबै विचार, वर्ग समुदाय र जातीको प्रतिनिधित्व गर्ने एक लाख १५ हजारबढी सदस्य रहेको वैधानिक संस्थालाई थप सुदृढगरी लाजानु पर्ने आवस्यकता रहेको सहभागिले औल्याएका थिए ।
संघको नयाँ नेतृत्वमा कुल आचार्य, रबिना थापा र डा. बद्रि केसी अध्यक्ष पदमा निर्वाचित भएका छन् ।काठमाडौंमा सम्पन्न विश्व सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको हो ।
संस्थाको एकतालाई कायम राख्दै गैरआवासीय नेपाली संघले अगाडी सारेका एजेन्डाहरु कार्यान्वयन गर्न निरन्तर रुपमा एक शक्ति कै रुपमा लागि रहने नयाँ समितिले प्रतिवद्धता व्यक्त गरेको छ ।
पारदर्शी र समावेशी बनाउने अभियानमा कुनै कन्जुस्याई नहुने ती जना अध्यक्षहरुले बताएका छन् । आगामी दिनमा संसारभरिका गैर आवासीय नेपाली साथीहरुको साथ, सहयोग र सुझावका आधारमा सस्थाका विविध गतिविधि अगाडी बढाउने प्रणसमेत गरेका छन् ।
त्यस्तै संघभित्रका तमाम बेथिति र विसंगतिको सुनुवाइ र समाधान अन्त्य गर्न नयाँ कार्यसमितिको पहिलो पहल हुने र त्यो पहल सार्थकतामा जाने बताएका छन्।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...