
लेखक एवम् साहित्यकार श्रीधर गौतमद्वारा लिखित श्रीधर निबन्धमाला नामक निबन्ध संग्रह विमोचित भएको छ । गत शनिबार एक कार्यक्रमबीच पशुपतिनाथ मन्दीर प्रांगणमा पशुपति मन्दीरका मूल पुजारी गिरिस भट्टद्वारा विमोचित उक्त पुस्तकमा २५ वटा लेख निबन्धहरु रहेका छन् । जसमा यस पत्रिकामा २०५१ सालतिर प्रकाशित भएका लेखहरु समेत समावेश भएका छन् । प्रकाशित कृतिहरुमा समसामयिक लेख, रचनाहरुलाई समावेश गरिएको छ ।
लेखक गौतम विभिन्न सामाजिक संस्थामा आबद्ध रहेका छन् । जसले काठमाडौंको पश्चिम भेगमा मात्र नभई लेखक देश विदेशमा समेत परिचित हुँदै आएका छन् । लेखकको यो तेस्रो कृति हो । यसभन्दा अगाडि लखेकले अभिज्ञा, कालखण्ड २०७३ र पर्खिएको समय, २०७३ प्रकाशित भई सकेको छ ।
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...